MLBSL 2000 -26 RBCLPO 12300 88 MATRI 1405 -8 BPCL 449 -7 TVCL 461 1 BBC 4255 50 DDBL 916.2 3.1 JOSHI 305 -6.8 SADBL 419 -1 MMF1 8.98 0.1 MBL 255 -4 PSF 9.51 -0.09 NMBMF 695 -10 MSLB 1564 -70 GLH 244 -2 NRIC 803 -5 IGI 600 -4 AVYAN 909 -6 UAIL 639 -1 KDL 1059 16 CITY 805 -17 FOWAD 1479 0 NYADI 305.4 -6.6 NICAD8283 1169.8 86.8 HIDCL 270.7 -4.1 KEF 9 0.28 BHL 440 -13 MERO 760 0.5 HHL 439 -3.2 CLI 634 -4.9 EHPL 840 7.9 IHL 499 -1 SHEL 242.9 -4.7 SMATA 875 -16 MANDU 885 -14 BFC 625 9.1 UPCL 262.2 -2.7 RADHI 397.9 7.9 MBLD2085 1085 6.5 MFLD85 1050 -20
×
सीवाइसी नेपालको आईपीओमा पर्यो ५२ गुणा बढी आवेदन , ९८ प्रतिसतको हात खालि हुने !



सीवाइसी नेपाल लघुवित्तले निष्कासन गरेको आईपीओमा आवेदनको ओहिरो लागेको छ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार ५ बजेसम्ममा १६ लाख ७२ हजार ७  सय १० आवेदनबाट १ करोड ९० लाख ५९ हजार ५ सय ५० कित्ता शेयरको लागि आवेदन परेको छ । जुन कम्पनीले सर्बसाधारणलाई निस्कासन गरेको भन्दा ५१ दशमलभ ५८गुणा बढी हो।

संस्थाले संस्थाका कर्मचारी र सामुहिक लगानी कोष समेतलाई छुट्याएर सर्वसाधारणहरूका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित मुल्य दरको ३ लाख ९५ हजार ३ सय ३६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन  गरेको हाे ।

कम्पनीले निस्कासन गर्ने कुल शेयर मध्य ५% अर्थात् १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ०.५% अर्थात् ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ  भने बाँकी ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्न रेटिङ  एजेन्सी केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको आधारभुत अवस्था मध्यम जोखिम रहेको देखाउँछ । साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि संस्थाले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि वैशाख ६ गतेसम्म आवेदन दिन सक्नेछन् । संस्थापक समुहको ६७.५० प्रतिशत शेयर रहेको यस वित्तीय संस्थामा १ वटा संस्था सहित ९९ जना संस्थापक शेयरधनीहरुबाट ८ करोड २१ लाख ८ हजार २ सय ४० रुपैयाँ बराबरको शेयरपुँजी चुक्ता भैसकेको छ ।

विगत २१ वर्ष देखि नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्थकर्ताको कारोबार गर्ने इजाजत लिई लघुवित्तीय कारोबार गर्दै आईरहेको चारतारे युवा क्लब, नेपालले नेपाल राष्ट्र बैंकबाट सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाउँमा मिति २०७५ साल माघ २८ गते ईजाजतपत्र प्राप्त गरी मिति २०७५ चैत १ गतेका दिनदेखि सम्पूर्ण वित्तीय कारोबारहरु यथावत रुपमा सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस