×
दोहोरो अङ्कको घट्यो नेप्से , नेष्डो र जाल्पामा सकारात्मक सर्किटलाग्दा इमर्जिङ्गमा भने नकारात्मक सर्किट



साताको पहिलो कारोबारको दिन सोमबार नेप्से दोहोरो अंकले घटेको छ।

आज नेप्से परिसूचक ४४ दशमलभ ६४ अङ्क अर्थात १ दशमलभ ८१ प्रतिसतले घटेको हो। आज नेप्से परिसूचक घटेर २ हजार ४ सय १९ दशमलभ ७१ बिन्दुमा झरेको छ।  आज कुन २ सय ३३ कम्पनीको २ अर्ब २६ करोड बाराबारको शेयर खरिद बिक्रि भएको छ।

आज दिनभरमा ४० हजार ५ सय ७ कारोबारमा ५० लाख ९५ हजार ८ सय ३४ कित्ता शेयर खरिद बिक्रि भएको छ।  कारोबारमा आएका २ सय ३३ कम्पनी मध्य २८ कम्पनीको शेयर मूल्य बढेको छ भने  १ सय ९९ कम्पनीको शेयरमूल्य घटेको छ।  त्यस्तै ६ कम्पनीको शेयरमूल्य यथावत रहेको छ।

Screenshot 2022 04 11 150121 दोहोरो अङ्कको घट्यो नेप्से , नेष्डो र जाल्पामा सकारात्मक सर्किटलाग्दा इमर्जिङ्गमा भने नकारात्मक सर्किट

त्यस्तै आज २ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। आज कारोबारमा आएको नेष्डो समृद्धि लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो। त्यस्तौ आज महिला लघुवित्त  र सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेड ऋणपत्र  २०८७को शेयरमूल्य २ प्रतिसत भन्दा बढीले बढेको छ।

 

Screenshot 2022 04 11 150922 दोहोरो अङ्कको घट्यो नेप्से , नेष्डो र जाल्पामा सकारात्मक सर्किटलाग्दा इमर्जिङ्गमा भने नकारात्मक सर्किट

त्यस्तै आज कारोबारमा आएको मध्य इमर्जिङ्ग नेपालको शेयरमूल्य सार्बधिक अर्थात ९ दशमलभ ९८ प्रतिसतले घटेर नकारात्मक सर्किट लागेको छ। त्यस्तै राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य ९ दशमलभ  ९२ प्रतिसतले घटेको छ।

Screenshot 2022 04 11 150941 दोहोरो अङ्कको घट्यो नेप्से , नेष्डो र जाल्पामा सकारात्मक सर्किटलाग्दा इमर्जिङ्गमा भने नकारात्मक सर्किट

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस