×
Lagani
Lagani Shiksha gif
बलेफी हाइड्रोपावरको आईपीओमा पर्यो १३ गुणा बढी आवेदन , ९० प्रतिसत आवेदकको हात खाली हुने !



बलेफी हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदनको ओहिरो लागेको छ।

कम्पनीको आईपीओमा आज सम्म १८ लाख ७० हजार ७०९ जनाले आवेदन दिएका छन्। विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज  सम्म  १८ लाख ७० हजार ७०९ आवेदकहरुले  २ करोड १२ लाख २६ हजार ७५०  कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा १२ दशमलव ७६  गुणा बढी हो ।

Lagani Shiksha gif
sharehubapk बलेफी हाइड्रोपावरको आईपीओमा पर्यो १३ गुणा बढी आवेदन , ९० प्रतिसत आवेदकको हात खाली हुने !

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ )को बिक्री खुला गरेको  हो ।

कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रानुसार सर्वसाधारणले यही चैत १६ देखि चैत २१  गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।

कम्पनीले हाल सिन्धुपाल्चोकको जुगल गाउँपालिका क्षेत्रमा पर्ने बलेफी खोलामा कूल ३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत रु सात अर्ब ६५ करोड हुने जनाएको छ ।

निष्कासित शेयरमा नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले आवेदन दिन सकिने व्यवस्था रहेको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्रानपी–आइआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व वहन गर्ने क्षमतामा औसत जोखिममा रहेको बुझिन्छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस