×
इमर्जिङ नेपाल , राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट



साताको कारोबारको पहिलो दिन आइतबार कारोबार सुरु भएको केहि बेरमै इमर्जिङ नेपाल सहित ३  कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

समाचार तयार पर्दा सम्म इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सकारात्मक सर्किट लागेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ३ सय ४७ दशलमव २० पुगेको छ ।

अघिल्लो कारोबारको दिन कम्पनीको रू. १ हजार २ सय २४  दशलमव २० मा अन्तिम कारोबार भएको थियो।  कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ८९  हजार ९ सय ८० कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।

Screenshot 2022 04 03 134228 इमर्जिङ नेपाल , राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट

 

राष्ट्र उत्थान लघुवित्तको  शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सकारात्मक सर्किट लागेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार ४ सय५१ दशमलभ ४० पुगेको छ ।

अघिल्लो कारोबारको दिन कम्पनीको रू.१ हजार ३ सय १९ दशमलभ ५० मा अन्तिम कारोबार भएको थियो।  कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ७२ हजार ६ सय ३३ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।

लघुवित्तले  ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो। लघुवित्तले निष्काशन गरेको  कुल ८ लाख ५० हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो । सर्वसाधारणकालागि बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयरका सुरक्षित गरिएको थियो ।

Screenshot 2022 04 03 134014 इमर्जिङ नेपाल , राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट

नेष्डो समृद्ध लघुवित्तको  शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशतले  वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सकारात्मक सर्किट लागेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार १ सय ६१ दशमलभ २० पुगेको छ ।

अघिल्लो कारोबारको दिन कम्पनीको रू.१ हजार ५५ दशमलभ ७० मा अन्तिम कारोबार भएको थियो।  कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा १ लाख ३० हजार ९ सय २१ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।

Screenshot 2022 04 03 134628 इमर्जिङ नेपाल , राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस