RNLI 495.5 1.5 NTC 980.1 -2.4 BNT 14350 -50 GUFL 735 5 PMHPL 260 -4 SJLIC 477 -7.5 BPCL 449 -7 SPDL 310 5 MBJC 321 -8 RBCL 17071 -109 PSF 9.51 -0.09 NADEP 1030 -55 AVYAN 909 -6 LEC 276.8 -6 NBBD2085 1100 0 SCB 691.1 3.6 KKHC 260 -2 RURU 740 -9.8 HRL 861 -4 NICAD8283 1169.8 86.8 CORBL 958.8 -10.2 NHDL 570 0 NIBD84 1030 -20 HLI 472 -4 JBLB 1534 -3 SMHL 613.1 -4 PFL 652 -1 RMF1 9.15 -0.1 LSL 253.5 -5.5 GBBL 447 -6 SIFC 628 10 SNMAPO 190 0 TPC 465 6 PRIN 968 4 LVF2 9 0 WNLB 2650 -80 UMHL 308 -4 MSLB 1564 -70 GFCL 1051.1 6 ACLBSL 1035 0
×
बलेफी हाइड्रोपावरको आईपीओमा माग भन्दा बढी आवेदन , ८५ प्रतिसत आवेदकको हात खाली हुने !



बलेफी हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदनको ओहिरो लागेको छ।

कम्पनीको आईपीओमा  पहिलो दिन १० लाख ६२ हजार ५७५ जनाले आवेदन दिएका छन्। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आज साँझ ५ बजेसम्म १० लाख ६२ हजार ५७५ आवेदकहरुले रू. १ अर्ब २६ करोड १ लाख ५१ हजार  बराबारको १ करोड २६ लाख १ हजार ५१० कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा५ दशमलव ५७ गुणा बढी हो ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ )को बिक्री खुला गरेको  हो ।

कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रानुसार सर्वसाधारणले यही चैत १६ देखि छिटोमा चैत २१ सम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे यही महिनाको ३० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।

कम्पनीले हाल सिन्धुपाल्चोकको जुगल गाउँपालिका क्षेत्रमा पर्ने बलेफी खोलामा कूल ३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत रु सात अर्ब ६५ करोड हुने जनाएको छ ।

निष्कासित शेयरमा नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले आवेदन दिन सकिने व्यवस्था रहेको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्रानपी–आइआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व वहन गर्ने क्षमतामा औसत जोखिममा रहेको बुझिन्छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस