साताको तेस्रो कारोबारको दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
आज नेप्से परिसूचक १४ दशमलभ २६ अंकले घटेर २ हजार ५ सय २७ दशमलभ ५८ बिन्दुमा झरेको हो। नेप्से परिसूचक संगै कारोबार रकममा पनि गिरावट आएको छ। आज दिनभरमा कुन १ अर्ब ७५ करोडको शेयर कारोबार भएको छ। आज दिनभरमा २ सय २५ कम्पनीको ३८ लाख ९० हजार १ सय ३१ कित्ता शेयर कारोबार भएको छ।

आज कारोबारमा आएका कम्पनी मध्य ३ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।आज इमर्जिङ्ग नेपाल , नेष्डो समृद्ध लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। इमर्जिङ्ग नेपालको शेयर मूल्य बढेर १ हजार १२ दशमलभ ३० पुगेको छ भने नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य ८ सय ७२ दशमलभ ६० पुगेको छ।
त्यस्तै राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्य १ हजार ९० दशमलभ ६० पुगेको छ भने आज जाल्पा लघुवित्तको शेयरमूल्य ४ दशमलभ ०१ प्रतिसतले बढेको छ।

कारोबारमा आएका कम्पनी मध्य एनआइविएल समृद्धि फण्ड -२ को शेयर मूल्य सर्बाधिक ४ दशमलभ ७३ प्रतिसतले घटेको छ। त्यस्तै मिर्मिरे लघुवित्त , जिवन विकास लघुवित्त , नेपाल लाइफ इन्सोरेन्सकम्पनीको शेयर मूल्य ३ प्रतिसतभन्दा बढीले घटेको छ।







