SMFBS 1505.2 6.2 NBLD87 1020 -8 NICFC 8.97 -0.33 SAPDBL 569.6 -7.4 TPC 465 6 SIKLES 707 -3 MPFL 751 5 CITY 805 -17 KSBBL 448 -3 JBLB 1534 -3 SMB 1809 4 NIL 912 8 KBLD86 1115 0 PFL 652 -1 HEI 648 -10 SIFC 628 10 NRIC 803 -5 MHNL 265.5 -0.5 NBLD85 1025 0 LUK 9.21 -0.09 SIGS2 10.05 0 USLB 1467 -2.9 SICL 832 0 RIDI 235 0 CIZBD86 1060 -10 CMF1 10.5 -0.2 HLBSL 1010 -10 NICA 452 -13 BGWT 934.9 -21.1 JFL 655 6 HDL 1423.1 49.1 LLBS 1050 5 SLBBL 958.9 -4.2 GLH 244 -2 SLCF 9.21 -0.1 GMFIL 623 1 MAKAR 500 6 ALICL 714.5 -1.2 CKHL 632 -8 NSIF2 10.52 0.02
×
१० लाखको १० करोड बनाइदिने भन्दै गैरकानुनी रुपमा पैसा उठाउदै गोल्डम्यान इन्भेस्टमेन्ट कम्पनी !



गोल्डम्यान इन्भेस्टमेन्ट कम्पनी निकै विवाधित कम्पनी हो।

स्रोतका अनुसार दिपेन्द्र अग्रवाल अध्यक्ष रहेको उक्त कम्पनि लामो समय देखि वित्तीय अपराधमा लागेको पाहिएको छ। केहि समय अगाडी एउटा भिडियो सार्बजनिक गर्दै १० लाख लगानी गरे १० बर्षमा १० करोड बनाइदिने दावी गर्दै उक्त कम्पनीले लगानी उठाइरहेको छ ।

त्यस्तै उक्त कम्पनीले संकलन गरेको रकम दोस्रो बजारमा लगानी गरिरहेको पाएपछि धितोपत्र बोर्डले वित्तीय अपराध भएको ठहर गर्दै कारबाही अघि बढाउन खोजेको स्रोतले जनाएको छ । कम्पनीले धितोपत्र बोर्डबाट अनुमति नलिई दोस्रो बजारमा कोष व्यवस्थापक काम गरिरहेको छ ।

तर लामो समय देखि कर्नारिंग गरेको र सार्बजनिक रुपमा यो कम्पनीमा लगानी गर्नुहोस भन्दै लगानीकर्तालाई फसाउने गरेको देख्दा पनि हाल सम्म कारबाही गरेको भने छैन। उक्त कम्पनीले आफ्नो कम्पनीमा लगानी गर्न भनि सबैलाई कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आएपछि औसतमा प्रति कित्ता ५ हजार हुने हवाला दिदै आएको छ।

सामाजिक संजालमा भ्रामक प्रसार गरि यसरि लगानी उठाउनु गलत हो भने यो कानुन विपरित छ। गोल्डम्यानका अध्यक्ष दिपेन्द्र अग्रवालले आफू सेयर बजारको अनुभवी खेलाडी भएको भन्दै  आफ्नो कम्पनीमा लगानी गरे लगानी सुरक्षित हुने र १० वर्षमा १०० गुणाले प्रतिफल प्राप्त हुने भन्दै भ्रामक भिडियो सार्बजनिक गरेका छन।

धितोपत्र बोर्डको विशिष्टीकृत लगानी कोष नियमावली २०७५ को परिच्छेद २ को नियम ३ (१) मा कोषको स्थापना तथा सञ्चालन गर्न चाहने कोष व्यवस्थापकले बोर्डबाट कोष व्यवस्थापकको अनुमति लिनुपर्ने भनिएको छ । तर नियमको उल्लंघन गरि यसरि जनता संग पैसा उठाउदा पनि सबै निकाय चुप लागेर बसेका छन्।

 

Screenshot 2022 03 28 182727 १० लाखको १० करोड बनाइदिने भन्दै गैरकानुनी रुपमा पैसा उठाउदै गोल्डम्यान इन्भेस्टमेन्ट कम्पनी !

उक्त कम्पनीले आफ्नो कम्पनीको शेयरधनि हुनको लागि न्युनतम १० लाख लगानी गर्नु पर्ने जनाएको छ। थोरै रकम उठाउदा कम रकम उठ्ने र दोस्रो बजारमा थोरै पैसाले कर्नारिंग गर्न नमिल्ने हुदा १० लाख लगानी गराएको सोझै बुझ्न सकिने स्रोतले जनाएको छ ।  यस्तो छ कम्पनीले सार्बजनिक गरेको तथ्यहीन  भिडियो

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस