MBJC 321 -8 NBL 292.2 1.2 AVYAN 909 -6 KBLD86 1115 0 CITY 805 -17 HLBSL 1010 -10 PFL 652 -1 LEC 276.8 -6 GMFBS 1512.1 -16.9 MND84/85 1030 2 MPFL 751 5 JBLB 1534 -3 SBID83 1098 8.7 BHL 440 -13 MFIL 768 48 LBLD86 1081 -0.2 USHL 783.2 -13.7 SIKLES 707 -3 HIDCL 270.7 -4.1 UNHPL 266 0 SPL 813 -12.1 NUBL 730 2.8 GBIME 256.1 -4.4 SAEF 11.22 0.17 PPCL 262 -5.2 PRSF 9.54 -0.11 MLBS 1532.3 -86.7 UMRH 475 -1.9 EHPL 840 7.9 ALICL 714.5 -1.2 NBBD2085 1100 0 ULHC 390 -7.9 CORBL 958.8 -10.2 MLBSL 2000 -26 GRDBL 743 5 UAIL 639 -1 CFCL 647 27.1 SLBSL 1398.4 21.4 GHL 218.5 -1.1 SMB 1809 4
×
सामुहिक लगानी कोष र क्रेडिट रेटिङ्गका आधारभूत विषयमा प्रशिक्षण कार्यक्रम (LIVE)



धितोपत्र बोर्डले  मिति 2078 चैत ११ गते शुक्रबारका दिन दिउँसो 1:30 बजेदेखि सामुहिक लगानी कोष र क्रेडिट रेटिङ्गका आधारभूत विषयमा वेबिनार मार्फत् प्रशिक्षण कार्यक्रम सुरु भएको छ।

Global Money Week-2022 को अवसर पारेर नेपाल धितोपत्र बोर्डले यो कार्यक्रम संचालन गरेको हो।

लाइभ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

धितोपत्र बजार क्रमश: देशव्यापी हुँदै गएको पृष्ठभूमिमा यस बजारको बारेमा जानकारी दिई आमसर्वसाधारणलाई धितोपत्र बजारसम्बन्धमा रहे भएका द्विधा हटाउने, बजारसम्बन्धी जानकारी तथा सचेतना अभिवृद्धि मार्फत सबलीकरण गरी बजार प्रवेशमा प्रोत्साहित गर्न बोर्डले यो सप्ताह विशेष रुपमा सञ्चालन गर्न लागेको हो ।

अब सप्ताहमा सञ्चालन हुने अन्य कार्यक्रमहरु :

25th March, 2022 (चैत ११ शुक्रबार): सामुहिक लगानी कोष र क्रेडिट रेटिगं विषयमा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने ।

26th March, 2022 (चैत १२ शनिबार): धितोपत्र बजार तथा वस्तु विनिमय बजारका बारेमा रेडियो नेपालमा कार्यक्रम सञ्चालनका साथै Capital Market Education and Youth Empowerment विषयमा वित्तीय क्षेत्रका उच्च पदाधिकारी तथा विज्ञहरुको सहभागितामा टेलिभिजनमार्फत् अन्र्तक्रियात्मक कार्यक्रम सञ्चालन गर्ने ।

27th March 2022 (चैत १३ आइतबार): बोर्ड तथा बजार सहभागीहरुले धितोपत्र बजार विषयमा समेटिएका अध्ययन सामग्रीहरु लगायतका Booklet को प्रकाशन तथा वितरण साथै बोर्डको संयोजनमा नेपाल राष्ट्र बैंक, बीमा समिति, सहकारी विभाग समेतको सहभागितामा प्रभातफेरी कार्यक्रम सञ्चालन गर्ने ।

यस सप्ताह सञ्चालनबाट धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी सूचना, गतिविधि तथा महत्वको बारेमा आमसर्वसाधारणमा व्यापक सञ्चार भई उनीहरुमा यस बजारमा प्रवेश गर्न उत्साहित हुने, वित्तीय साक्षरता अभिवृद्धि हुने र यसबाट पुँजी बजारसम्बन्धी गतिविधिहरुमा अझ व्यापकता आउने विश्वास बोर्डले लिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस