×
राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट



साताको चौठो कारोबार दिन बुधबार राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

समाचार तयार पर्दा सम्म कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सकारात्मक सर्किट लागेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७ सय ४५  पुगेको छ ।

कम्पनीको हिजो  रू. ६७७ दशलमव ३० मा अतिम कारोबार भएको थियो।  कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा १ लाख ३१ हजार ३ सय २२ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।

लघुवित्तले  ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो। लघुवित्तले निष्काशन गरेको  कुल ८ लाख ५० हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो । सर्वसाधारणकालागि बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयरका सुरक्षित गरिएको थियो ।

Screenshot 2022 03 23 122543 राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस