×
नेप्सेमा ३१ लाख २८ हजार कित्ता बोनस शेयर सूचिकृत



नेप्सेमा आज एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

नेप्सेका अनुसार साना किसान लघुवित्त वित्तीय संस्थाको बोनस शेय नेपाल  स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको हो । आज कम्पनीको २५ प्रतिशत बोनस बापतको ३१ लाख २८ हजार ८ सय २७ दशमलव ४५५२ कित्ता सेयर सूचिकृत भएको हो ।

कम्पनीले पुस १ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । साधारण सभाबाट गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.३१५७ प्रतिशत नगद गरी कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियाे ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर
2 3

ताजा समाचार

लोकप्रिय
सिफारिस