×
Lagani
Lagani Shiksha gif
तीन गोटीको खेला जस्तै क्लब हाउसको भेला !



करिव ८/१० बर्ष अगाडीको कुरा हो चाबहिलस्थित गणेश मन्दिरको पश्चिमपट्टी सडक छेउमा भिड लागेको थियो।

के को भिड रहेछ भनेर नजिक पुगेर हेर्दा त्यहाँ एक ब्यक्ती रुमाल बिछ्याएर त्यसमाथी तीन वटा क्यारेम बोर्डको गोटी यताउता सार्दै अदल बदल गर्दै थिए। त्यही भिड बाट केहि ब्यक्तीहरु बाजी लगाउँदै चिन्ह भएको गोटी यो हो भन्दै त्यसमाथी पैसा राख्दै थिए। गोटी फर्काउँदै “ल तपाईंले जित्नुभयो” भनेर रु.१०० राख्नेलाई १०० नै थपेर ५०० राख्नेलाई ५०० नै थपेर फिर्ता गर्दै थिए।

Lagani Shiksha gif
sharehubapk तीन गोटीको खेला जस्तै क्लब हाउसको भेला !

यत्तिकैमा एक बृद्द ब्याक्तीले हौसिएर २०० को बाजी लगाए , खेलाउने ब्याक्तीले “ल बाजे तपाईंको पैसा गयो चिन्ह भएको गोटी त यहाँ छ!” भनेर २०० खल्तीमा हालेपछी बाजे अमिलो मुख लगाउँदै आफ्नो बाटो लागे ।

लगातार जित्ने २ जनाको अनुहार यसो नियाँलेर हेरें अनि खेलाउनेको अनुहार पनि हेरें तिनै जनाको अनुहार ठ्याक्कै उस्तै थियो। यत्तिकैमा २ जना मद्धे एक जनाले भन्यो “दाई पुलिस आको जस्तो छ भाग!” यत्तिकैमा रुमाल, गोटी र पैसा टिपेर तिनै जना बुर्कुसी मार्दै भागे।
यो बिषयलाई बिशेष गरी क्लव हाउससँग जोड्न चाहें। सेयर बजार सम्बन्धी छलफल गर्न खोलिएको क्लब हाउस ग्रुपमा केहि ब्याक्तीहरुको समुह मिलेर कुनै कम्पनीको सेयर तथा समुह बिशेषलाई लिएर निकै नै प्रचार प्रसार गर्ने गरेको पाईन्छ।

एउटा ब्याक्तीले उठाएको बिषयलाई उसैको समुहको अरु ब्याक्तीहरुले प्रश्न गर्ने, त्यो कम्पनीको चर्चा परिचर्चा गर्ने गर्दछन्! “सर फलानो कम्पनी किनेको म त चुर्लुम्म डुबें नि ! अब के गर्ने होला?” भनेर बिद्यार्थीको प्रश्न सुनेर सरले बडो गर्वका साथ आफुले भनेको कम्पनी किन्न सुझाउछन्। यत्तिकैमा अर्को बिद्यार्थीको प्रश्न आउँछ “सर अनि यसको टार्गेट चैं कती?” सरले ६०० मा चलिरहेको कम्पनीलाई “१५००” भनेर आफ्नै गोजीबाट झिकेझैं गरेर गज्जबको टार्गेट सेट गरिदिनुहुन्छ!

यसरी सर र बिद्यार्थीहरु माथी भनेझैं तीन गोटीको खेला देखाउने तीन दाजुभाई र छलफललाई चाख मानेर सुनिरहेका अरु सोझासाझाहरु भने ३ गोटीको खेलामा २०० गुमाउने बाजेकै भूमिकामा रहेका हुन्छन्।

(नोट : पोष्ट ब्यक्ती केन्द्रीत नभई प्रबृत्ती केन्द्रीत हो। क्लब हाउस नराम्रो हैन सही रुपमा प्रयोग र सदुपयोग गर्न सके सिक्ने र सिकाउनेहरुको लागी राम्रो प्लेट्फर्म हो क्लब हाउस। )
थैन्कु🙂

 शिवचन्द्र को फेसबुकबाट

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस