×
Lagani
Lagani Shiksha gif
संस्थापक शेयर बिक्रि गर्दै प्रिमियर इन्स्योरेन्स , न्यूनतम ५०० कित्ताको लागि यसरि दिनुहोस आवेदन।



शेयर बजार बारे सिक्न , नेप्से बजार सँग जोइन हुन यहाँ क्लिक गर्नुहोस। 

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको छ । कम्पनीले ५ लाख ४२ हजार ९६५ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो ।  उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले कात्तिक १२ गतेसम्म  न्यूनतम मूल्य रू. ४०० भन्दा माथि तोकी न्यूनतम ५०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

Lagani Shiksha gif
sharehubapk संस्थापक शेयर बिक्रि गर्दै प्रिमियर इन्स्योरेन्स , न्यूनतम ५०० कित्ताको लागि यसरि दिनुहोस आवेदन।

खरिद गर्न चाहानेले कात्तिक १२ गतेसम्म एन आई सी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाण्डौमा निवेदन पेस गर्न सक्ने छन्।

कम्पनीको शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम ५०० कित्ताको लागि आवेदन दिने पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद लाग्ने छैन । तर शेयर खरीद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा सम्बन्धित नियमनकारी निकायले एउटा व्यक्ति वा संस्थाले खरीद गर्न वा राख्न पाउने भनी अधिकतम संख्या सीमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नु पर्नेछ । दशमलवमा (खण्डित रुपमा) आउने गरी शेयर आवेदन गर्न पाइने छैन ।

शिलबन्दी खाम बाहिर “प्रिमियर इस्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको संस्थापक शेयर खरीद आवेदन” उल्लेख भएको हुनु पर्नेछ । गोप्य शिल्ड बोलपत्रमा लाहाछाप गरिएको हुनुपर्ने छ । साथै शिलबन्दी खाम पेश गर्नु पर्ने छ । सबैभन्दा बढी मुल्यमा बोलकबोल गर्ने आवेदकलाई शेयर बिक्री गरिनेछ । यसबाट पनि शेयर बाँकी रहेमा त्यस पछिको बढी बोलकबोल गर्नेलाई बिक्री गरिनेछ । बोलकबोलमा शेयर बिक्री गर्दै जाँदा अन्तिम मुल्यमा दुई वा दुई भन्दा बढी आवेदकहरु पर्न गएमा बोलकबोलबाट बाँकी भएको शेयरहरु माग भएको शेयर संख्याको सापेक्षिक भार अनुसार दामासाहीले बाँडफाँड गरिनेछ । प्राप्त बोलपत्रहरु कुनै कारण खुलाई वा नखुलाई पूर्ण वा आंशिक रुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार बिक्रीकर्ता कम्पनीमा निहित रहने छ।

बाँडफाँडमा परेका आवेदकको नाममा प्रचलित कानुन बमोजिम शेयर खरीद कारोवार तथा नामसारी गरिनेछ । कुनै पनि अवस्थामा आवेदकले ब्याज वा कुनै किसिमको माग दावी गर्न सक्नेछैन । शेयर खरीद कारोवार तथा नामसारी गर्दा तिर्नु बुझाउनु पर्ने ब्रोकरेज लगायत सम्पूर्ण दस्तुर र शुल्क आवेदक स्वयंले व्यहोर्नु पर्नेछ ।

आवेदनमा हितग्राही खाता अनिवार्य रुपमा उल्नेख गर्नुपर्नेछ । हितग्राही खाता नहुने आवेदकले एन आई सी एशिया क्यापिटल लिमिटेड, एन आई सी एशिया बैंक लिमिटेडको कुनै पनि शाखा कार्यालय वा आधिकारीक निक्षेप सदस्यकहाँ सम्पर्क गरी हितग्राही खाता खोल्न सक्नुहुनेछ ।

संस्थापक शेयर बिक्रि गर्दै प्रिमियर इन्स्योरेन्स , न्यूनतम ५०० कित्ताको लागि यसरि दिनुहोस आवेदन।

कम्पनीले प्रकासन गरेको सुचना

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस