×
भोलिदेखि छ्याङदी हाइड्रोपावरको शेयर लिलामीमा विक्री खुल्दै , यस्तो छ आवेदन दिने तरिका ?



मंगलवारदेखि  छ्याङदी हाइड्रोपावर लिमिटेडको शेयर लिलामीमा विक्री खुला हुने भएको छ ।

छ्याङदी हाइड्रोपावरले  ५९ हजार ८२७ कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको हो।  कम्पनीले माघ ११ गतेदेखि ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । कुल निष्कासन मध्य ५९ हजार ८३४ कित्ता शेयर बिक्रि हुन सकेको थिएन।  बिक्रि हुन्न सकेको सर्वसाधारण समूहतर्फको उक्त शेयर  शेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो ।

शेयर खरिद गर्न चाहानेले चैत ९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्ने छन् । आवेदन दिदा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्ने हुन्छ ।

उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

लगानीकर्ताले विक्री ग्लोबल आइएमई क्यापिटल र ग्लोबल आइएमई बैंकका शाखा कार्यालय विर्तामोड, विराटनगर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढीबाट फारम खरिद गरि आवेदन दिन सक्ने छन्।

सेयरको लिलामीको लागि कसरी आवेदन दिने?
धेरै लगानीकर्ताहरूलाई लिलामी शेयरहरू कसरी भर्ने भनेर थाहा नहुन सक्छ। लिलामीमा शेयर आवेदन गर्नु IPO/FPO  र हकप्रद शेयरमा  आवेदन दिनु भन्दा फरक छ। नेपालमा लिलामी शेयरहरूको लागि आवेदन दिन, तपाईंले निम्न चरणहरू पालना गर्न आवश्यक छ:

चरण १ : कम्पनी द्वारा प्रकाशित लिलामी सूचना ध्यानपूर्वक पढ्नुहोस्। उपलब्ध जानकारीको बारेमा पूर्ण रूपमा सचेत रहनुहोस्। तलको उदाहरणमा देखाइएका निर्देशनहरू पालना गर्नुहोस्।

चरण २ : तपाईंले लिलामीमा सेयर कति र कतिमा  किन्नुहुनेहो  मूल्य र मात्रा तय गर्नुहोस् । लिलामी भएको शेयरको संख्या र सेयर बजारको हालको बजार मूल्यका आधारमा मूल्य निर्धारण गर्नुपर्छ । सधैं आफ्नो मूल्य बजार भन्दा कम मूल्य मा सेट गर्नुहोस्। यदि लिलामी शेयरहरूको आपूर्ति ठूलो छ भने, तपाइँ तपाइँको खरीद मूल्य थप कम गर्न सक्नुहुन्छ।

चरण ३  :  सम्बन्धित बिक्रि प्रबन्धक / मर्चेन्ट बैंकरमा जानुहोस्। (कम्पनीले लिलामीको लागि बिक्रि प्रबन्धक चयन गर्दछ)

चरण ४ : बिक्री प्रबन्धकको काउन्टर बाट रु.  १०० मा लिलामी फारम  खरिद गर्नुहोस्।

चरण ५ : खाता नम्बर फारममा दिइएको हुन्छ । त्यहा दिइएको खाता नम्बरमा आफुले लिन चाएको शेयर बराबरको रकम जम्मा गर्नुपर्नेछ। तपाईले खरिद गर्न चाहेको शेयरको कुल रकम तोकिएको बैंक खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।

चरण ६ : बैंकमा रकम जम्मा गरिसकेपछि, फारम भर्नुहोस् र भौचरसँग सिल गरि खाममा बन्द गरेर बिक्री  प्रबन्धकलाई फारम पेश गर्नुहोस्।

चरण ७ : रसिद लिनुहोस् र यसलाई सुरक्षित राख्नुहोस्। शेयर बाँडफाँडको  केहि समय पछि तपाइँको डिम्याट शेयर खातामा जम्मा हुनेछ। यदि तपाईलाई शेयर परेन भने, बोलीको रकम स्वचालित रूपमा तपाईको बैंक खातामा जम्मा हुनेछ।

page3 1 भोलिदेखि छ्याङदी हाइड्रोपावरको शेयर लिलामीमा विक्री खुल्दै , यस्तो छ आवेदन दिने तरिका ?

कम्पनीले प्रकासन गरेको सुचना

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस