×
Lagani
Lagani Shiksha gif
१०१ अंकले बढ्यो नेप्से , इमर्जिङ सहित ५ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट



साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक १०१ अंकले बढेको छ।

यस दिन नेप्से परिसूचक १०१ दसमलभ ०७ अङ्कले बढेर २६६८ विन्दुमा पुगेको छ । नेप्से परिसूचक सँगसँगै काराेबार रकम पनि बढेकाे छ ।  यस दिन ४ अर्ब ८० करोड बढीको कारोबार भएको नेप्सेले जानेको छ। स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेको छ ।

Lagani Shiksha gif
sharehubapk १०१ अंकले बढ्यो नेप्से , इमर्जिङ सहित ५ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

आज दिनभरिमा २२८ कम्पनीको ६४ हजार ६ सय ३५ कारोबारमा कुल ९० लाख २२ हजार ८ सय ९० किता शेयर कारोबार भएको छ ।  कारोबारमा आएका २२८ कम्पनीको मध्य २११ कम्पनीको शेयरमूल्य बढेको छ भने १३ कम्पनीको शेयर मूल्य घटेको छ।  त्यस्तै ४ कम्पनीको शेयर मूल्य यथावत रहेको छ।

Screenshot 2022 03 13 151620 १०१ अंकले बढ्यो नेप्से , इमर्जिङ सहित ५ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

आज ५ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ। एसियान लाइफ इन्स्योरेन्स ,  ज्योति लाइफ इन्स्योरेन्स , सानिमा लाइफ इन्स्योरेन्स , इमार्जिंग नेपाल लिमिटेड  र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। आज बीमा समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ।

Screenshot 2022 03 13 152017 १०१ अंकले बढ्यो नेप्से , इमर्जिङ सहित ५ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

आजको कारोबारमा मेगा म्युचल फण्डका लगानीकर्ताले सार्बधिक २.९३  प्रतिसत गुमाएका छन्।  भने प्राइम बैङ्कको  ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले १.९९ प्रतिसत गुमाएका छन्।

Screenshot 2022 03 13 152234 १०१ अंकले बढ्यो नेप्से , इमर्जिङ सहित ५ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस