आइतवार प्रि ओपन सेसनमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार भएको छ ।
कम्पनीको शेयर प्रतिकित्ता रू. ५०२ मा खुला भएको हो । गत बिहीवार २६ लाख कित्ता कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको थियो ।
नेप्सेमा कारोबारको लागि नेप्सेले न्यूनतम १६७ रुपैयाँ ४३ पैसादेखि अधिकतम ५०२ रुपैयाँ २९ पैसा ओपनिङ्ग रेञ्ज तोकेको थियो । कम्पनीको २६ लाख कित्ता आईपीओ सूचीकृत भएको हो ।
फागुन २६ गते नेप्से र कम्पनीबिच धितोपत्र सूचीकरण सम्झौता भएको हो । कम्पनीको शेयरमूल्य पहिलो कारोबारको दिन अधिकतम ५०२ रुपैयाँ २९ पैसा मा कारोबार भएर १० प्रतिसत सर्किट हानेमा प्रतिकित्ता मूल्य ५५३ रुपैयाँ पुग्ने छ भने न्यूनतम १६७ रुपैयाँ ४३ मा कारोबार भएर १० प्रतिसत घटेमा प्रतिकित्ता मूल्य १५० पुग्ने छ। यसको अर्थ आइतबार कम्पनीको १० कित्ताको मूल्य अधिकतम ५ हजार ५ सय ३० पुग्न सक्ने छ भने न्युनतम १ हजार ५ सय सम्म पुग्न सक्ने छ।
लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो। लघुवित्तले निष्काशन गरेको कुल ८ लाख ५० हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो । सर्वसाधारणकालागि बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयरका सुरक्षित गरिएको थियो ।






