LUK 9.21 -0.09 MANDU 885 -14 OHL 925 -9 HBLD83 1056.3 0.3 KBLD86 1115 0 SIGS3 9.45 0.09 KMCDB 1027.8 -11.1 ACLBSL 1035 0 SLBSL 1398.4 21.4 CHCL 568.9 -8.1 UPPER 214.2 -1.8 MFIL 768 48 SSHL 215 0.8 JBBL 351 -3.1 SIFC 628 10 SHEL 242.9 -4.7 GMFIL 623 1 NMBD87/88 1027 -3 NHPC 220.1 0 TVCL 461 1 PFL 652 -1 SNMAPO 190 0 CMF1 10.5 -0.2 SHIVM 599 -8 NICL 990.2 -4.8 KRBL 613 0 GMFBS 1512.1 -16.9 BPCL 449 -7 LICN 1995.9 -27.1 EDBL 645 -1.9 NMB 263.9 -7.1 SPHL 666.9 16.9 SINDU 667 -6 NIMBPO 176.9 -1.1 NMBMF 695 -10 PMLI 562 1 NICD83/84 1062 -19 MHL 725 3.5 JBLB 1534 -3 SLCF 9.21 -0.1
×
आज देखि कारोबारमा आऊदै राष्ट्र उत्थान र जाल्पा सामुदायिकको आईपीओ , ओपनिङ्ग रेञ्ज यति धेरै !



आज देखि २ लघुवित्तको नेप्सेमा कारोबार सुरु हुने भएको छ।

केहि समय अघि आईपीओ निष्कासन गरि बाँडफाँट गरेका राष्ट्र उत्थान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको आईपीओ नेप्सेमा सुचिकृत भए संगै आज देखि दोस्रो बजारमा कारोबार सुरु हुने भएको हो।

राष्ट्र उत्थान लघुवित्तको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । आज बाट यसको सेयर दोस्रो बजारमा कारोबार सुरु हुनेछ । नेप्सेमा कारोबारको लागि नेप्सेले न्यूनतम १६७ रुपैयाँ ४३ पैसादेखि अधिकतम ५०२ रुपैयाँ २९ पैसा ओपनिङ्ग रेञ्ज तोकेको छ। कम्पनीको २६ लाख कित्ता आईपीओ सूचीकृत भएको हो ।

फागुन २६ गते नेप्से र कम्पनीबिच धितोपत्र सूचीकरण सम्झौता भएको हो । कम्पनीको शेयरमूल्य पहिलो कारोबारको दिन अधिकतम ५०२ रुपैयाँ २९ पैसा मा कारोबार भएर १० प्रतिसत सर्किट हानेमा प्रतिकित्ता मूल्य ५५३ रुपैयाँ  पुग्ने छ भने न्यूनतम १६७ रुपैयाँ ४३ मा कारोबार भएर १० प्रतिसत घटेमा प्रतिकित्ता मूल्य १५० पुग्ने छ।  यसको अर्थ आइतबार कम्पनीको १० कित्ताको मूल्य अधिकतम ५ हजार ५ सय ३० पुग्न सक्ने छ भने न्युनतम १ हजार ५ सय सम्म  पुग्न सक्ने छ।

लघुवित्तले  ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो। लघुवित्तले निष्काशन गरेको  कुल ८ लाख ५० हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो । सर्वसाधारणकालागि बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयरका सुरक्षित गरिएको थियो ।

जाल्पा सामुदायिक लघुवित्तको आइपीओ पनि नेप्सेमा सूचीकरण भएको हो  । नेप्सेले यसको पहिलो कारोबारको लागि ओपनिङ्ग रेञ्ज न्यूनतम १६४ रुपैयाँ ६० पैसादेखि अधिकतम ४९३ रुपैयाँ ८० पैसा तोकेको छ। आज बाट यसको दोस्रो बजारमा सेयर कारोबार सुरु हुनेछ ।

नेप्सेले कम्पनीको दोस्रो बजारमा कारोबारको लागि जेएलपीए संकेत प्रदान गरेको छ  । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (कम्पनीको नेप्से सिम्बोल JALPA) बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको १६,००,००० कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो  ।

कम्पनीले सर्वसाधारण समक्ष प्रभु क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) माफत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणहरुमा वितरण गरिएको ५,२२,००० कित्ता (३२.६२५%) र कम्पनीका संस्थापकहरुले लगानी गरेको १०,७८,००० कित्ता ( ६७.३७५%) शेयर समेत गरी जम्मा १६,००,००० कित्ता साधारण शेयर वितरण भई धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम मिति २०७८ /११/२६ गतेको निर्णयानुसारनेपाल  स्टक एक्सचेञ्जमा सूचीकरण गरिएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस