×
भोलि देखि कारोबारमा आऊदै राष्ट्र उत्थान र जाल्पा सामुदायिकको आईपीओ , ओपनिङ्ग रेञ्ज यति धेरै !



भोलि देखि २ लघुवित्तको नेप्सेमा कारोबार सुरु हुने भएको छ।

केहि समय अघि आईपीओ निष्कासन गरि बाँडफाँट गरेका राष्ट्र उत्थान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको आईपीओ  नेप्सेमा सुचिकृत भए संगै भोलि देखि दोस्रो बजारमा कारोबार सुरु हुने भएको हो।

राष्ट्र उत्थान लघुवित्तको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । फागुन २९ गतेबाट यसको सेयर दोस्रो बजारमा कारोबार सुरु हुनेछ । नेप्सेमा कारोबारको लागि नेप्सेले न्यूनतम १६७ रुपैयाँ ४३ पैसादेखि अधिकतम ५०२ रुपैयाँ २९ पैसा ओपनिङ्ग रेञ्ज तोकेको छ। कम्पनीको २६ लाख कित्ता आईपीओ सूचीकृत भएको हो ।

फागुन २६ गते नेप्से र कम्पनीबिच धितोपत्र सूचीकरण सम्झौता भएको हो । कम्पनीको शेयरमूल्य पहिलो कारोबारको दिन अधिकतम ५०२ रुपैयाँ २९ पैसा मा कारोबार भएर १० प्रतिसत सर्किट हानेमा प्रतिकित्ता मूल्य ५५३ रुपैयाँ  पुग्ने छ भने न्यूनतम १६७ रुपैयाँ ४३ मा कारोबार भएर १० प्रतिसत घटेमा प्रतिकित्ता मूल्य १५० पुग्ने छ।  यसको अर्थ आइतबार कम्पनीको १० कित्ताको मूल्य अधिकतम ५ हजार ५ सय ३० पुग्न सक्ने छ भने न्युनतम १ हजार ५ सय सम्म  पुग्न सक्ने छ।

लघुवित्तले  ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो। लघुवित्तले निष्काशन गरेको  कुल ८ लाख ५० हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो । सर्वसाधारणकालागि बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयरका सुरक्षित गरिएको थियो ।

जाल्पा सामुदायिक लघुवित्तको आइपीओ हिजो  नेप्सेमा सूचीकरण भएको हो  । नेप्सेले यसको पहिलो कारोबारको लागि ओपनिङ्ग रेञ्ज न्यूनतम १६४ रुपैयाँ ६० पैसादेखि अधिकतम ४९३ रुपैयाँ ८० पैसा तोकेको छ। अब आइतबार (फागुन २९ गते) बाट यसको दोस्रो बजारमा सेयर कारोबार सुरु हुनेछ ।

नेप्सेले कम्पनीको दोस्रो बजारमा कारोबारको लागि जेएलपीए संकेत प्रदान गरेको छ  । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (कम्पनीको नेप्से सिम्बोल JALPA) बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको १६,००,००० कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो  ।

कम्पनीले सर्वसाधारण समक्ष प्रभु क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) माफत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणहरुमा वितरण गरिएको ५,२२,००० कित्ता (३२.६२५%) र कम्पनीका संस्थापकहरुले लगानी गरेको १०,७८,००० कित्ता ( ६७.३७५%) शेयर समेत गरी जम्मा १६,००,००० कित्ता साधारण शेयर वितरण भई धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम मिति २०७८ /११/२६ गतेको निर्णयानुसारनेपाल  स्टक एक्सचेञ्जमा सूचीकरण गरिएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस