BFC 625 9.1 KEF 9 0.28 MHNL 265.5 -0.5 CIZBD86 1060 -10 PBD85 1079.9 19.9 SPC 520 5 BNT 14350 -50 MSLB 1564 -70 SMATA 875 -16 ADBL 367 -11.1 UHEWA 476 -11 NBLD85 1025 0 GIBF1 9.69 0.1 TPC 465 6 GVL 538.5 -22 SJLIC 477 -7.5 SBID83 1098 8.7 HHL 439 -3.2 LBBLD89 1208.5 23.5 LBBL 475 -4.8 NLG 1317 2 NIMBPO 176.9 -1.1 UMHL 308 -4 RIDI 235 0 ILBS 980 -21.5 HIDCL 270.7 -4.1 NIBD84 1030 -20 C30MF 9.74 0 MMKJL 543.6 9.6 GBBL 447 -6 ALICL 714.5 -1.2 MCHL 488.3 -3.7 PHCL 465.1 -9.9 BBC 4255 50 BGWT 934.9 -21.1 NSIF2 10.52 0.02 SBL 345 -8.1 NBLD87 1020 -8 HATHY 1322 13 LBLD86 1081 -0.2
×
शेयर कुन बेला खरिद बिक्रि गर्ने ? चलखेल बाट कसरि बच्ने ? जान्नुहोस



शेयर बजारमा धेरै नयाँ लगानीकर्ता आबद्ध हुन लागेपछि बजारले उचाई चुम्ने धेरैको प्रक्षेपण थियो।

५०  लाख बढी डिम्यात खाता खोलि सक्दा बजार उकालो लाग्नुको साटो ओरालो लाग्दै आइ रहेको छ। धेरै नयाँ लगानीकर्ताको प्रवेश संगै उकालो लागिको बजार अहिले उल्टो दिसामा रहेको छ । भ्रम र अज्ञानताको कारण बजार सहि दिसा तर्फ जान सकको छैन।

हालको बजारको अवस्था

बजारमा अनुभाव र जान्ने भन्दा हल्लाको भरमा शेयर बजार छिरेका लगानीकर्ता धेरै रहेका छन्। शेयर बजारबाट फाइदा हुन्छ भनेर डिम्यात खोल्नेहरुको लहरै लागिरहेको छ। धेरै ज्ञान नभएका लगानीकर्ताहरु हलाको भरमा शेयर खरिद बिक्रि गर्दै आहिरहेका छन्। यहि मौकाको फाइदा उठाउदै केहि व्यक्तिले सोझा लगानीकर्तालाई फसाउदै आएका छन्। आफुले किनेको शेयर राम्रो भन्दै सोझा लगानीकर्तालाई महंगोमा बेच्ने र बेचेपछि फलानो कम्पनि खत्तम छ भन्दै मूल्य घटाएर फेरी आफैले किन्ने गरिरहेका छन्।

चलखेलको सिकार कसरि बन्छन नयाँ लगानीकर्ता ?

नया लगानीकर्ताहरु दोस्रो बजार भन्दा आइपियोमा बढी चासो दिदै आहिरहेका छन्। केहि फाइदा हुन्छ भनेर आएका लगानीकर्ताहरुमा बजार बारे केहि पनि ज्ञान नभएको हुदा चलखेल गर्ने व्यक्तिहरुले सिकार बनाउदै आहि रहेका छन्। परेको आइपियो सस्तो मुल्यमा बेच्न लगाउने अनि आफुले त्यो किनेर पछी बढीमा बेच्ने गरेको पहिएको छ। नया लगानीकर्तालाई गलत ज्ञान र शुझाब दिदै आफ्नो कोल्टो भर्ने गर्दछन।

आज भोलि ठुला लगानीकर्ताले साना लगानीकर्ता क्लब हाउसमा जम्मा गर्दै बुम बुम भन्दै पत्रु कम्पनीको शेयर खरिद गर्न लगाउने परम्परानै बनेको छ।  अझ तालिमको नाममा यो कम्पनिको शेयर राम्रो हुन्छ खरिद गर्नुहोस भन्नेको कमि छैन।  यस्ता व्यक्ति देखि पर बस्नु नै साना लगानीकर्ताको लागि बेस हुन्छ।

शेयर मूल्य घट्नु र बढ्नुको मुख्य कारण के हो ?

पहिलाको बजारमा शेयरको मूल्य बढ्नुमा मुख्य भूमिका कम्पनीको अवस्था , लाभांश , बोनस , राजनीतिको हुने गर्दथ्यो। हाल भने त्यसले कमै भूमिका खेल्ने गर्द छ। मूल्य घट्नु र बढ्नुमा बिक्रि चाप र खरिद चापले मुख्य भूमिका खेल्ने गर्दछ।यदि कुनै कम्पनीको शेयर बिक्रि गर्ने भन्दा खरिद गर्ने को माग धेरै भयो भने उक्त कम्पनीको शेयर मूल्य बढ्ने गर्दछ। यदि खरिद गर्ने भन्दा बिक्रि गर्ने धेरै भए कम्पनीको शेयर मूल्य घट्दछ ।

तपाइको शेयरको मूल्य घट्नुमा तपाइको ठुलो गल्ति।

तपाइहरुले शेयरको मूल्य घट्न लाग्यो भनेर आफु संग भएको शेयर बेचेको केहि दिन देखि नै शेयरको मूल्य बढ्न लागेको देखेर पछुताउ भएको होला। बिशेस गरि नया लगानीकर्ताहरुमा ज्ञान नभएर शेयरको मूल्य घट्न लागेपछि आत्तिएर बेची हाल्ने बानि हुन्छ। त्यो भनेको सबै भन्दा ठुलो गल्ति हो। शेयर घट्नु भनेको सेल अर्डर बढी हुनु हो। सबै जाना आत्तिएर शेयर बेच्न थालेपछि झन् सेल अर्डर बढी हुन्छ अनि झन् बढी मूल्य घट्दै गर्छ। बरु मूल्य घट्न लाग्दा सबैले होल्ड गरेमा मूल्य बढ्ने सम्भाबना बढी हुन्छ । कहिलै पनि आत्तिएर शेयरको मूल्य घट्दा बेच्ने बानि छ भने टी हटाउनुहोस किनकि धैर्य गर्न  कहिले  पनि  भाहिदैन।

आफु संग भएको शेयर कुन बेला बेच्ने त् ?

तपाइ मध्ये धेरैलाई कुन बेला शेयर बेच्ने भनेर ज्ञान नहुन पनि सक्छ। धेरै जनाले मूल्य घट्न लागेपछि शेयर बेच्ने गर्छन जसलाई प्यानिक सेल पनि भनिन्छ। यस्तो अवस्था भएमा शेयरको मूल्य झन् घट्छ। शेयर बेच्ने उपयुक्त समय भनेको शेयरको मूल्य बढेको बेला हो भने किन्ने शेयरको मूल्य घटेको बेला हो। आफुले आज शेयर बेच्छु भन्ने प्लान भए मात्र बेच्ने बानि राम्रो हो। आफुलाई खाचो पर्दा मात्र शेयर बेच्ने गर्दा धेरै राम्रो हुने गर्दछ। नयाँ लगानीकर्तामा गलत ज्ञान भएंको हुदा गलत समयमा शेयर बेचेर पछुताउनु पर्ने हुन्छ।

लगानी टिप्स : अरुको हल्लाको पछि लागेर शेयर किन्नु भयो भने पछि आफै पछुताउनु पर्छ , त्यसैले बुझेर मात्र लगानि गर्नुहोस

लगानी गर्दा के कुरामा ध्यान दिने ?

बजारमा फसाउन खोज्ने धेरै भएको हुदा साभधान रहनु होला। आज भोलि त् झनै सामाजिक संजालमा फेक आइडी बनाउदै आफुसंग भएको खाराब कम्पनीलाई राम्रो छ किन्नु , चाडैनै यति पुग्छ , आफुले बेचेको वा आफुसंग नभएको राम्रो कम्पनीलाई यस्तो कम्पनीमा लगानी नगर्नु भनेर सोझालाइ फसाउनेको कमि छैन। अरुको सामाजीक संजालमा देखेर तपाइले लगानीको निर्णय लिएमा तपाइले लिएको निर्णयले तपाइलाइ ठुलो आर्थिक नोक्सान बेहोर्न बाध्य बनाउने छ।

अझ महँगो तर पत्रु कम्पनीको नक्कली हिसाब बनाइ अनि राइट शेयरको नाममा त् झन् सोझा लगानिकर्ता फसाई  रहेका छन्।लगानी गर्दा अरुले भनेको कहिले किन्ने नगर्नुहोस किनकि जसले पनि आफु संग भएको कम्पनि राम्रो भन्ने गर्दछन।

अहिलेको बजारअलाई हेर्दा राम्रो कम्पनीको भन्दा नराम्रो कम्पनीको मूल्य बढी रहेको छ जुन एउटा गलत उदहारण हो। अरुलाई लगानी गर फाइदा हुन्छ भनेर कसैले भन्दैन बरु राम्रो भए आफैले किन्छन , त्यस कारण फलानो राम्रो फलानो नराम्रो भन्नेको कुरा मानेर लगानी गर्नुभयो भने अवस्य नै तपाइले छिटै सम्पति गुमाउनु हुनेछ।

हामीले आफ्नो धारणा मात्र राखेका हौ तपाइले लगानी गर्दा आफ्नै रणनीति अपनाउनु होला। धन्यबाद  

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस