×
Lagani
Lagani Shiksha gif
एफपीओ निष्कासन गर्दै समता घरेलु लघुवित्त , विक्री प्रबन्धकमा आरविवि मर्चेन्ट



समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले एफपीओ निष्कासनका लागि विक्री प्रबन्धक नियुक्त गर्ने कार्य सम्पन्न गरेको हो । आइतवार विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड र निष्कासनकर्ता कम्पनी बीच एफपीओ विक्रीको सम्झौता भएको हो ।

Lagani Shiksha gif
sharehubapk एफपीओ निष्कासन गर्दै समता घरेलु लघुवित्त , विक्री प्रबन्धकमा आरविवि मर्चेन्ट

समता लघुवित्त र घरेलु लघुवित्त वित्तिय संस्था गाभिएपछि सेयर संरचना परिवतर्न भएको थियो।मर्जरपश्चात बनेको समता घरेलु लघुवित्तले शेयर स्वामित्व संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत कायम गर्न एफपीओ निष्कासन गर्ने भएको हो । संस्थापकको ७० र सर्वसाधारणको ३० प्रतिशत बनाउनका लागि कम्पनीले २ करोड ८९ लाख ४४ हजार रुपैयाँको एफपीओ जारी गर्न लागेको हो।

सेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ। सम्झौता पत्रमा समता घरेलु लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र आरविवि मर्चेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस