×
Lagani
Lagani Shiksha gif
खाने तेलको मूल्यमा मनपरी , सम्बन्धित निकाय मौन।



लामो समय देखि नेपालमा दैनिक प्रयोग हुने खाने तेलको मूल्य बढीरहेको छ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार युद्धलाई देखाउँदै नेपालका खाने तेल उद्योगीले मूल्य बढाउन थालिसकेका छन् ।  एक वर्षअघि सनफ्लावर तेल प्रतिलिटर २ सय १० रुपैयाँ रहेको थियो । तर, अहिले बढेर सनफ्लावर तेलको मूल्य प्रतिलिटर २ सय ५० पुगेको छ । त्यस्तै, गत वर्ष प्रतिलिटर ३ सय रुपैयाँ रहेको भुटेको तोरीको तेल अहिले बढेर ३ सय ७० रुपैयाँ पुगेको छ ।

Lagani Shiksha gif
sharehubapk खाने तेलको मूल्यमा मनपरी , सम्बन्धित निकाय मौन।

दुई साता अगाडि दुई हजार देखि २२ सय रुपैयाँ रहेको प्रतिकाटुन तेलको मूल्य अहिले २५ देखि २७ सय रुपैयाँ पुगेको खुद्रा व्यापारी बताउँछन् ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साता महिनामा युक्रेनबाट नौ अर्ब ५१ करोड ६३ लाख रुपियाँको पाँच करोड ७३ लाख ६४ हजार केजी सनफ्लावर तेलको कच्चापदार्थ आयात भएको छ । नेपालमा सनफ्लावर तेलका लागि आवश्यक पर्ने कच्चापदार्थको अधिकांश आपूर्ति युक्रेनबाट नै हुने गरेको उद्योगीले बताएका छन् ।

नेपालमा  सन्फ्लावर तेल युद्ध चलिरहेको  रसिया र  युक्रेनबाटै आयात हुने भए पनि सोयाविन तेल भने दक्षिण अमेरिकी राष्ट्रहरुबाट बढी आयात हुने गरेको हुदा पनि सोयाबिन तेलको मुल्य पनि बढेको छ।

युक्रेन–रुस युद्धको मौका छोपेर कच्चा पदार्थ आयात हुन नसक्ने भन्दै तेलको भाउ बढाइ उद्योगीले उपभोक्तालाइ मारमा पारेका छन्। सस्तोमा आयात गएको पुरानो स्टकको प्रयोग गरि उत्पादन गरि मनपरी मूल्य बढाउदा पनि सम्बन्धित निकायले ध्यान दिन सकेको छैन।

राष्ट्रिय उपभोक्ता मञ्चले बुधबार एक विज्ञप्ति जारी गर्र्दै मञ्चले, ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको भन्दै अत्यधिक मूल्य बढाउने उद्योगीलाई कारबाही गर्नुपर्छ ।’ भने पनि हाल सम्म खाने तेलको मूल्य घटेको छैन।   तर, विश्वव्यापी रुपमा कच्चा तेलको मूल्य बढेसँगै त्यो तेल भारतीय बजारमा  निर्यात गर्दा पनि नेपाली बजारमा थप अभावको अवस्था आएको  कतिपयको बुझाई छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस