×
Lagani
Lagani Shiksha gif
बलेफी हाइड्रोपावरको आईपीओमा थोरै आवेदन परेपछि आवेदन दिने समयावधि पुन: थप



बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने समयावधि पुन: थप गरिएको छ ।

सुरुमा कम्पनीको आईपीओमा फागुन १२ गतेसम्म आवेदन दिन मिल्ने थियो उक्त अवधिमा पूर्ण आवेदन नपरेको हुनाले फागुन १९ गतेसम्म कम्पनीले समयावधि थपेकोमा अझै पुरा रुपमा आवेदन नपरेकाले उक्त मिति थप गरि फागुन २६ गतेसम्म पुर्‍याएको हो ।

Lagani Shiksha gif
sharehubapk बलेफी हाइड्रोपावरको आईपीओमा थोरै आवेदन परेपछि आवेदन दिने समयावधि पुन: थप

कम्पनीको आईपीओमा फागुन १७ गतेसम्म ५ हजार ७५९ जनाले रू. ११ करोड २९ लाख बराबरको  ११ लाख २९ हजार १३० कित्ताका लागि आवेदन दिएका छन्।कम्पनीले माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ विक्री खुला गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा सर्वसाधारणहरुको लागि सार्वजनिक निष्काशनको लागि छुट्टयाएको आफ्नो जारी पूँजी रु.  एक अर्ब बयासी करोड उनानअसी लाख सत्तरी हजार मध्ये १०%  अर्थात  अठार करोड सताइस लाख सन्तानब्बे हजार बराबर प्रति शेयर अंकित मूल्य रु.१०० दरको १८,२७,९७० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि निष्काशन गरेको हो।

बाँकी रहेको १० प्रतिशत अर्थात रु अक्षरेपी अठार करोड सताइस लाख सन्तानब्बे हजार बराबरको प्रति शेयर अंकित मूल्य रु.१०० दरको १८,२७,९७० कित्ता साधारण शेयरहरु मध्ये ७३,११९ ( पूर्ण अंकमा परिणत गरे पश्चात) कित्ता अर्थात कुल निष्काशनको ४% शेयर कम्पनीका कर्मचारीहरुलाई र ९१,३९८ (पूर्ण अंकमा परिणत गरे पश्चात) कित्ता अर्थात कुल निष्काशनको ५% शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको र बाँकी १,६६३,४५३ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिने छ  ।

उद्योग प्रभावित क्षेत्रमा निष्काशन गर्दा यस कम्पनीको वाताबरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बमोजिमको सिन्धुपाल्चोक जिल्लाको आयोजनाबाट प्रभावित क्षेत्रहरु क्रमशः जुगल गाउँपालिका वडा नं. २, ३ र ४ (साविककोगोल्चे गा.वि.स., गुम्बा गा.वि.स. र पाङताङ गा.वि.स.) का लागि ६० प्रतिशत अर्थात १०,९६,७८२ कित्ता र आयोजनाको १३२ के.भि. प्रशारण लाइनबाट प्रभावित क्षेत्रहरु क्रमशः जुगल गाउँपालिकाको वडा नं. ५ र ७, बलेफी गाउँपालिकाको वडा नं १, ३, ६ र ७ र सुनकोशी गाउँपालिकाको वडा नं. ७ का लागि ४० प्रतिशत अर्थात ७,३१,१८८ कित्ता हुने गरी शेयर निष्कासन गरिने छ ।

साथै आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि छुट्टाइएको शेयर सम्पूर्ण विक्री नभएमा विक्री नभए बराबरको शेयर समेत समायोजन गरी सर्वसाधारण (सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरुमा समेत) मा निष्कासन गरिने कम्पनीले जनाएको छ  ।

कम्पनीको आईपीओ  न्युनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता सम्म आवेदन दिन मिल्ने भएको हुदा आफुले चाएको जति आवेदन दिदा हुने छ। स्थानीयको लागि मात्र खुलेको हुदा १० कित्ता भन्दा धेरै शेयर पर्ने सम्भावना रहेको छ।  आयोजना प्रभावितहरुलाई निष्कासन गरेको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने कम्पनीले जानकारी गराएको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले बलेफीको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

1646263372 बलेफी हाइड्रोपावरको आईपीओमा थोरै आवेदन परेपछि आवेदन दिने समयावधि पुन: थप

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस