×
“सेयर बजार: अबको अवसर, चुनौती र संभावना ! ” शिव चन्द्र (डोन)



शेयर बजार नकारात्मक दिसामा हिडीरहेको बेला शेयर बजारमा धेरैले फलो गर्ने व्यक्ति शिव चन्द्रले शेयर बजारमा रहेको चुनौती र अवसरको बारेमा लेखेका छन्।

उनले उच्च बिन्दुमा रहेको बजार हाल घटेको हुनाले यो लगानी गर्ने सुवर्ण अवसर रहेको बताएका छन् । हाल केहि परिबर्तनको कारण बजारमा यस्तो प्राभाब रहे पनि पछि बजार बढ्ने उनले बताएका छन्। उनले यो बेच्ने नभएर किन्ने मौका हो भनेर भनेका छन्।

उनेल लेखेका छन् ” सेयर बजार: अबको अवसर, चुनौती र संभावना !
=============================
👉अवसर:
• खडेरीमा ३२०० पुगेर अहिले टटरम्म फल लागेको समयमा २६०० मा झरेको नेप्से सुचक आफैमा एउटा लगानीको सुवर्ण अवसर हो। (क्रीम कम्पनीको सन्दर्भमा मात्र लागु हुने)
• अहिले पाकी सकेको फल खाएपछी अबको ठिक एक बर्ष पछी पनि फेरी फल खान सकिने। (क्रीम कम्पनीको सन्दर्भमा मात्र लागु हुने)

👉चुनौति र संभवाना:
• ब्याजडर : ब्याजडर यो अर्थमा कि ब्याजदर बढ्ने डर पनि त्यत्तिकै हावी छ। हिजो एउटा ननलाईनले त २.५% ले ब्याजदर बढ्ने भो भनेर ब्याजदर निर्धारण गर्ने नै आफै हो जसरी समाचार छापेछ।
• मौद्रीक नितीको पहिलो त्रैमासिक समिक्षा मार्फत् बहुचर्चित ४/१२ काण्ड संसोधन हुने वाला छैन। अब संसोधन नभए पनि केहि फरक पर्दैन। ईण्डेक्स ३२०० देखी २६०० सम्म झर्दा सबै ठुला लगानिकर्ताले आफुलाई सुरक्षित अवतरण गराई सकेका छन्।बजारमा ६०० अंकको गिरावट आउनुको मुल कारण पनि यही नै थियो।
• राष्ट्र बैंकले कर्जा-पुँजी-निक्षेप अनुपात(CCD Ratio) हटाएर कर्जा निक्षेप अनुपात (CD Ratio) कायम गरेको कारण बैंकहरु तरलाताको चरम अभावमा परेका छन्। फलत ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा चलेको देखिन्छ। यसमा भने केहि परिवर्तन हुनसक्छ। डुङानै डुब्ने अवस्था आउँदा माझीले पनि आफ्नो ज्यानको ख्याल त राख्नै पर्‍यो!

👉निश्कर्ष:
समग्र परिस्थितीलाई मध्यनजर गर्दा ठुला लगानिकर्ता देखी सबै कार्तिक महिनाको ब्याजदर र मौद्रीक नितीको पहिलो त्रैमासिक समिक्षाको पर्खाईमा रहेका छन्। दुबै सेयर बजार मैत्री भएको खण्डमा केहि दिन सर्किटका सर्किट लागेर चाहेको सेयरनै खरिद गर्न नपाईने पनि हुन सक्छ। हैन भने केहि समय बजार बिरामी परेर बेड रेस्टमा जाने आँकलन गर्न सकिन्छ।
स्वस्थ रहौं, मस्त रहौं, तनाव मुक्त भएर महान् चाड बडा दशैंको भरपुर मजा लिऔं। सबै मित्रजनलाई फेरी पनि बडा दशौंको शुभकामना।
थैन्कु💚🙏”

त्यस्तै उनको पोस्टमा बिष्णु सुवेदी नाम गरेका व्यक्तिले प्रत्रिकृया दिदै लेखेका छन्  “मौद्रीक नितीको पहिलो त्रैमासिक समिक्षा मार्फत् बहुचर्चित ४/१२ काण्ड संसोधन हुने वाला छैन। अब संसोधन नभए पनि केहि फरक पर्दैन। ईण्डेक्स ३२०० देखी २६०० सम्म झर्दा सबै ठुला लगानिकर्ताले आफुलाई सुरक्षित अवतरण गराई सकेका छन्।बजारमा ६०० अंकको गिरावट आउनुको मुल कारण पनि यही नै थियो,,🙏💹💹💚💚 ”

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस