×
Lagani
Lagani Shiksha gif
आइपियो निस्कासन गर्दै सीवाईसी नेपाल लघुवित्त



शेयर बजार बारे सिक्न , नेप्से बजारको आधिकारिक ग्रुपमा जोइन हुन यहाँ क्लिक गर्नुहोस। 

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले करिब चार करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ ।

लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरकाे ३ लाख ९५ हजार ३३६ कित्ता शेयर निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।लघुवित्तले आईपीओ निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवदेन दिएको छ ।

लघुवित्तले धितोपत्र शेयर बिक्री गर्न अनुमति माग्दै असोज ११ गते निवेदन दिएको हो । संस्थाको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । अब, कम्पनीले नियामक निकाय धितोपत्र बोर्डबाट अनुमति दिएपछि मात्र कम्पनीले आईपीओ निष्कासन प्रक्रिया अघि बढाउनेछ ।

बाग्लुङको बाग्लुङ बजारमा केन्द्रीय कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त ‘घ’ वर्गको राष्ट्रियस्तरको यस लघुवित्त वित्तीय संस्थाले हालै मात्र म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा मात्र लघुवित्त कारोबार गरिरहेको शालीग्राम लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैकको स्वीकृति लिई एक्विजिशन (प्राप्ति) गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस