×
Nepse Bajar Messenger Channel
प्रभु बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन



प्रभु बैंकको सेयर लिलामी भर्ने २८ भदौ आज  (सोमबार) अन्तिम दिन रहेको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको संस्थापक सेयरमा बैंकका संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेश गर्न सक्नेछन् ।

प्रभुले १५ भदौबाट २ लाख ५२ हजार ७२८ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरिरहेको छ । यसमा संस्थापक सेयरको प्रतिकित्ता भाउ २१० रुपैयाँ तोकिएको छ ।

क्यापिटलका अनुसार बोलपत्रमा आफूले खरीद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्नेछ । आवेदकले मुक्तिनाथ क्यापिटल हात्तिसारमा लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस