नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर लिलामीमा विक्री खुला हुने भएको छ ।
कम्पनीले ८० हजार कित्ता संस्थापक शेयर जेठ १६ गतेदेखि लिलामीमा विक्री खुला गर्न लागेको हो ।उक्त शेयरको न्यूनतम मूल्य रू. १ हजार २२ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।
कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले जेठ ३० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted

















