आजदेखि प्रभु सेक्लेक्ट फण्डको बिक्रि खुल्ला , लगानी गर्नु अगि कम्पनीको बारेमा जन्नुहोस।

प्रभु क्यापिटल सामुहिक लगानी कोष अन्तरगत पहिलो योजना प्रभु सेलेक्ट फण्ड आज (जेठ ५ गते) देखि निष्काशन तथा बिक्री खुला भएको छ।

प्रभु सेक्लेक्ट फण्डले प्रतिइकाई रू. १० का दरले १० करोड इकाई विक्री खुला गरेको छ। यसमध्ये १४ प्रतिशत कोष प्रवर्द्धकका नाताले प्रभु बैंकले लिने छ १ प्रतिशत इकाई प्रभु क्यापिटलले लिनेर बाँकी रहेको ८५ प्रतिशत अर्थात ८ करोड ५० लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिने छ।

कम्पनीको उक्त फण्डलाइ ICRA Nepal Limited ले Moderate Credit Risk जनाउने “[ICRANP -IR]BBB” (pronounced ICRA NP Issuer Rating Triple B) रेटिङ्ग मिति २०२०/०७/०७ मा प्रदान गरेको छ ।लगानीकर्ताले उक्त फण्डमा प्रति इकाई मूल्य रु. १० का दरले न्यूनतम १०० इकाइको लागि आवेदन दिनु पर्ने छ।प्रभु सेक्लेक्ट फण्ड

इकाइको परिपक्व हुने अवधि ७ वर्ष रहेको छ। यो म्यूचुअल फण्डको निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।आवेदकले न्यूनतम १०० (एक सय) इकाई तथा सोभन्दा माथि १० अंकको गुणांकमा अधिकतम १ करोड इकाईसम्म खरिदका लागि आवेदन दिन सक्नेछन् ।

इकाईको विक्री बन्द मिति छिटोमा जेठ ९ गतेसम्म रहेको छ । सो अवधिमा पनि सम्पूर्ण इकाई विक्री नभएमा आवेदकले जेठ १५ गतेसम्म आवेदन गर्न सक्नेछन् ।प्रभु सेक्लेक्ट फण्ड

योजनाको उद्देश्य

योजनाले इकाई बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक सामूहिक लागनी कोष नियमावलीले तोकेको लगानीका क्षेत्रहरुमा लगानी गरी आवेदकहरुलाई उच्च प्रतिफल दिई धितोपत्र बजारको दिगो विकासमा समेत एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पुर्याउने उद्देश्यले यस योजनाको इकाईहरु निष्काशन गरिएको हो ।

लगानी गर्ने क्षेत्र

१. बोर्डमा दर्ता भएको धितोपत्र ।
२. सार्वजनिक निष्काशन भएको धितोपत्र ।
३. धितोपत्र बिनिमय बजारमा सूचीकृत संगठित संस्थाहरुको धितोपत्र ।
४. नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानत वा पुर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था वा नेपालराष्ट्र बंैकले जारी गरेको ऋणपत्र, टे«जरी विल तथा मुद्रा बजारका अन्य साधनहरु ।
५. बंैक तथा वित्तीय संस्थामा निक्षेप ।
६. मुद्रा बजार उपकरण ।
७. बोर्डले तोकिदिएको अन्य क्षेत्र ।

इकाई बिक्री खुल्ला गरिने मिति तथा अवधि

बोर्डबाट विवरण पुस्तिका स्वीकृत भएको मितिले २ महिना भित्र इकाईको विक्री खुल्ला गरिनेछ । यस विवरण–पत्रद्धारा निष्काशन गरिएको इकाईको लागि आवेदन दिने अवधि कम्तीमा ४ कार्य दिन तथा अधिकतम १५ दिन सम्म खुल्ला गरिनेछ ।

प्रभु सेक्लेक्ट फण्ड

निवेदन संकलन केन्द्र (बिक्री केन्द्र) सम्बन्धी जानकारी

नेपाल धितोपत्र बोर्डबाट धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धि निर्देशिका २०७३ अनुसार नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र देशभरीका तिनका शाखा कार्यालहरुबाट तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो शेयर” अनलाइन प्रयोग गरी सिआस्वा प्रणाली मार्फत आवेदन दिन सकिनेछ ।

निवेदन दिनसक्ने व्यक्ति तथा संस्थाहरु

नियमावली एवं निर्देशिकाको अधीनमा रही नेपाली नागरिक, गैर आवसीय नेपालीको प्रमाणपत्र (परिचयपत्र) जारी भएका व्यक्ति, प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बंैक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले यस विवरण पुस्तिका अनुसार जारी गरिने इकाई खरिद गर्न आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रकासन गरेको सुचना:

प्रभु सेक्लेक्ट फण्ड

 

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।