×
Lagani
Lagani Shiksha gif
नेप्सेमा आइतवार कायम भयो नयाँ रेकर्ड, कसले कमाए कसले गुमाए ?



नेपाली शेयर बजार मापक नेप्से परिसूचक आइतवार नयाँ रेकर्ड कायम गरेको छ । यस दिन नेप्से सूचक ५४.२६ अंकले बढेर २७३८.३५ को बिन्दुमा पुग्दै नयाँ रेकर्ड कायम गरेको हो । यो हालसम्मकै सबैभन्दा ठूलो रेकर्ड हो ।

आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.६४ अंकले बढेर ४८८.१४ को उचाइमा पुगेको छ।

Lagani Shiksha gif

आज १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २१४ कम्पनीको २ करोड १३ लाख २८ हजार ८ सय ८२ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।

विश्लेषकहरुले अब बजार सानातिना करेक्सन व्यहोर्दै माथि जाने बताएका छन् ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ५७९.७७ अंकले उकालो लागेको छ। जीवन बीमा समूह ५२९.७२ अंकले बढेको आज बैंकिङ समूहमा २७.४८ अंक, विकास बैंक समूहमा १११.३० अंक, वित्त समूहमा १५.९० अंक, होटेल तथा पर्यटन समूहमा ३५.९२ अंक, जलविद्युत समूहमा ३०.०७ अंक, लगानी समूहमा २.०८ अंक, उत्पादन तथा प्रशोधन समूहमा ६३.३४ अंक, लघुवित्त समूहमा १०१.७० अंक, म्युचुअल फन्ड समूहमा ०.०४ अंक, अन्य समूहमा ४५.९३ अंक र व्यापार समूहमा ५०.८८ अंकको बढोत्तरी भएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृमध्ये २१४ कम्पनीका २ करोड १३ लाख २६ हजार ८८२ कित्ता सेयर १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रुपैयाँमा किनबेच भएका छन्।

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ८५ करोड २० लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनसीसी बैंकको ३१ करोड ५७ लाख रुपैयाँबराबरको कारोबार भएको आज निफ्राको २९ करोड ४९ लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको २५ करोड ७१ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको २३ करोड ७५ लाख रुपैयाँ, आईएमई जनरल इन्स्योरेन्सको २३ करोड २४ लाख रुपैयाँ, चिलिमे हाइड्रोपावरको २२ करोड ५८ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको २१ करोड ५० लाख रुपैयाँ, नबिल बैंकको २१ करोड २५ लाख रुपैयाँ र अरुण काबेली पावरको १८ करोड १८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ७ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन रुरु जलविद्युतको सेयरमूल्यमा १० प्रतिशत तथा शिखर इन्स्योरेन्स, समता घरेलु घलुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, बरुण हाइड्रोपावर र आईएमई जनरल इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ। आज विशाल बजार कम्पनीको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

यो दिन युनियन हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ५ प्रतिशत बढीको गिरावट आएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस