×
आज देखि  एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिन सकिने



एनएमबि बैंक लिमिटेडले आजदेखि रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र विक्री खुला गर्ने भएको छ ।

कम्पनीले ‘एनएमबि ऋणपत्र ८.५–२०८७र८८’ नामको १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको ऋणपत्र निस्कासन तथा विक्री गर्न लागेको हो ।

कुल कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई र ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्नेछ । उक्त ऋणपत्रमा प्रति ऋणपत्र रू. १ हजारको दरले आवेदन दिनु पर्ने छ। आवेदन दिंदा न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्ता सम्म माग गर्न सकिने छ ।

उक्त ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । यस ऋणपत्र खरीदका लागि छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीको यो ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ ।उक्त ऋणपत्र विक्रीका कम्पनीले लागि वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो ।

सर्वसाधारणका लागि छुट्याएको ८ लाखमध्ये ५ प्रतिशत दरको ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ६० हजार कित्ता सार्वजनिक निष्कासनमा आउन लागेको हो ।

बैंकले प्रकासन गरेको सूचा यस प्रकार छ।

16211244827 2 आज देखि एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिन सकिने

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस