एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला गरेको छ ।
बैंकले नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।उक्त शेयरको न्यूनतम मूल्य रू. १ हजार ३६६ तोकिएको छ ।
कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । उक्त शेयर खरीद गर्न लगानीकर्ताले जेठ २७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
उक्त शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted











