×
सिईडिबिको आईपिओ बाँडफाँड आज ,कसरि हेर्ने नतिजा ?



सिईडिबिले निस्कासन गरेको आइपियो आज बिहान ११ बजे भर्चुअल माध्यमबाट  बाँडफाड हुने भएको छ ।

सर्वसाधारणलाई बिक्री गरिएको २३ लाख ४१ हजार ९५४ कित्तालाई आधार मान्दा २ लाख ३४ हजार १९५ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १५ लाख २ हजार ५०० भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार अन्तिम दिन मंगलबारसम्म १७ लाख ३६ हजार ७०० जना आवेदकले २ करोड ६३ लाख ४५ हजार ५०० कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीले वैशाख १७ गतेबाट सर्वसाधारणका लागि २३ लाख ४१ हजार ९५४ कित्ता सेयर खुला गरेको हो । कम्पनीको मागको आधारमा माग भन्दा ११.२५ गुणा बढी आवेदन परेको थियो सीइडीबीको ।

हाइड्रोपावर कम्पनीले कुल २५ लाख १८ हजार २३० कित्ता आइपीओ निष्कासन गरेको हो   । यस आइपीओको बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।कम्पनीले ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ भने बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणको लागि छुट्याएको छ ।

कसरि हेर्ने नतिजा ?

बिगतका केहि दिनबाट आइपियो बाडफाड भएपछी तपाइले आफ्नो नतिजा मेरो शेयर साथै  क्यपितलाको वेवबाट हेर्न सक्ने ब्यबस्था भएको थियो ।  तपाइले नतिजा  बिक्रि प्रबन्धकको वेब  साथै मेरो शेयरको सब डोमेन बाट हेर्न सक्नु हुने छ।

सजिलो तरिकाले नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस।  

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस