ग्लोबल आइएमई बैंकको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर खरीदका लागि प्राप्त गोप्य शिलबन्दी बोलपत्र आज खोलिने भएको छ ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८१ हजरा ५०० कित्ता संस्थापक शेयर खरीदका लागि प्राप्त गोप्य शिलबन्दी बोलपत्र आजदेखि खोलिने भएको हो ।
बोलपत्र आज बिहान ११ बजे ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा खोलिने कार्यक्रम रहेको छ । ग्लोबल आइएमई क्यापीटल लिमिटडले आज फेसबुक लाइभ मार्फत उक्त कार्यक्रम प्रसारण गर्ने जनाएको छ।
कम्पनीले ग्लोबल आइएमई बैंकको स्वामित्वमा रहेको उक्त शेयर विक्रीका लागि चैत २३ गतेदेखि वैशाख २५ गतेसम्म बोलपत्र आव्हान गरेको थियो ।
क्यापिटलले प्रकासन गरेको सुचना
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted














