×
Lagani
Lagani Shiksha gif
जेष्ठ ५ गतदेखि प्रभु सेलेक्ट फण्डको प्राथमिक निष्कासन



प्रभु क्यापिटलले प्रभु सेलेक्ट फण्डको इकाइहरुको बिक्री आउँदो जेठ ५ गतेबाट खुल्ला गर्ने भएको छ।

निस्कासन गरिने कुल एकाइमध्ये कोष प्रवद्र्धक प्रभु बैंकले १४ प्रतिशत अर्थात् १ करोड ४० लाख एकाइ र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १ प्रतिशत अर्थात १० लाख एकाइ छुट्टयाइएको छ । यसरी जम्मा १५ प्रतिशत (१ करोड ५० लाख एकाइ) सुरक्षित गरिएको प्रभुले जनाएको छ । बाँकी ८ करोड ५० लाख एकाइका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

Lagani Shiksha gif

यो इकाई खरिद गर्न नेपाली नागरिक, गैर आवसीय नेपालीको प्रमाणपत्र (परिचयपत्र) जारी भएका व्यक्ति, प्रचलित कानून बमोजिम दर्ताभएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले यस विवरण पुस्तिका अनुसार जारी गरिने इकाई खरिद गर्न आवेदन दिन सक्नेछन् ।

यो इकाई खरिद गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्वासेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र देशभरीका तिनका शाखा कार्यालहरुबाट तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो शेयर” अनलाइन प्रयोग गरी सिआस्वा प्रणाली मार्फत आवेदन दिन सकिनेछ ।

फण्डको व्यवस्था प्रभु क्यापिटल, कोष प्रवद्र्धकमा प्रभु बैंक तथा योजना व्यवस्थापन प्रभु क्यापिटल लिमिटेडले गरेका छन् । फण्डको एकाइमा आगामि ५ गतेबाट जेठ ९ गतेसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । जेठ ९ गतेसम्म बिक्री नभए जेठ १९ गतेसम्म एकाइ बिक्री खुला रहनेछ ।

Prabhu Select Fund Calling Letter जेष्ठ ५ गतदेखि प्रभु सेलेक्ट फण्डको प्राथमिक निष्कासन

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस