×
Lagani
Lagani Shiksha gif
एसइइ र कक्षा १२ काे परीक्षा स्थगित



माध्यमिक शिक्षा परीक्षा (एसइइ) र कक्षा १२ को निर्धारित परीक्षा तत्कालका लागि स्थगित भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार परीक्षा तत्कालका लागि स्थगित गरि मूल्यांकनको विकल्प र मोडालिटीबारे छलफल गर्ने निर्णय गरेको हो।

Lagani Shiksha gif

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले भने, ‘तत्कालका लागि परीक्षा स्थगित गर्ने निर्णय भएको छ । अर्को सूचना नआएसम्म निर्धारित परीक्षा रोकिएको हो। मूल्यांकनको विकल्प र विधिबारे अब छलफल हुनेछ। अहिले नै यसरी मूल्यांकन गर्ने वा परीक्षा भए कसरी हुने वा नभएको अवस्थामा के गर्ने भन्ने यकिन भएको छैन।’

एसइइ परीक्षा आउँदो जेठ १३ गतेदेखि तथा कक्षा १२ को परीक्षा जेठ २६ देखि सञ्चालन गर्ने तयारी थियो। तर बोर्डको निर्णयसँगै अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित भएको हो।

कोरोना भाइरसको संक्रमण देशभर पुनः फैलिँदै जाँदा परीक्षा रोकिएको हो। गएको वर्ष आन्तरिक मूल्यांकनसहितका आधारमा नतिजा प्रकाशित गरिएको थियो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस