एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको महुली लघुवित्त र नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर आज देखि लिलामीमा विक्री खुला गरेको छ ।
कम्पनीले नेशनल लाइफ इन्स्योरेन्सको ४१ हजार ८९६ कित्ता र महुली लघुवित्तको ५६ हजार २७० हजार कित्ता संस्थापक शेयर गरि कुल ९८ हजार १६६ कित्ता लिलामीमा विक्री खुला गरेको हो ।
नेशनल लाइफ इन्स्योरेन्सको रू. ४४९ र महुली लघुवित्तको शेयरको न्यूनतम मूल्य रू. ७८३ तोकिएको छ । नेशनल लाइफ इन्स्योरेन्सको लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता र महुली लघुवित्तको शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम ५०० कित्ता आवेदन दिनु पर्ने छ भने अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिने छ।
कम्पनीको उक्त शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले जेठ १० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।













