आईपीओ निष्कासनको तयारीमा रहेको सानिमा लाईफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक रिपोर्ट सार्बजनिक गरेको छ।
सानिमा लाईफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमास सम्म रू. ९ करोड ३६ लाख ८६ हजार खुद नाफा गरेको छ जुन गत वर्षको खुद नाफा रू. ८ करोड ३८ लाख ३८ हजार भन्दा ११ दशमलव ७५ प्रतिशत बढी हो ।
कम्पनीको हाल रू. १ अर्ब ४० करोड चुक्तापूँजी रहेको छ । कम्पनीले यो वर्ष रू. १२ करोड २७ लाख ९० हजार कुल आम्दानी गरेको छ भने रू. २ करोड ९१ लाख ४ हजार खर्च गरेको हो ।
जीवन बीमा कोष रकम बढेर रू. १ अर्ब ९२ करोड ३५ लाख पुगेको छ । गत वर्ष रू. २ करोड १० लाख ८९ हजार बीमालेख धितोकर्जा प्रवाह गरेको कम्पनीले यस वर्ष रू. ५ करोड ३२ लाख ४८ हजार प्रवाह गरेको हो ।
यस वर्ष कम्पनीले रू. १ अर्ब ४७ करोड ८२ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने रू. ८ करोड ५० लाख ५२ हजार कुल दाबी भुक्तानी गरेको छ । सानिमा लाईफ इन्स्योरेन्सलेसर्वसाधारणमा रू. ६० करोड बराबरको आईपीओ सर्वसाधारणमा जारी गर्ने तयारी गरि रहेको छ।
कम्पनीले सार्बजनिक गरेको रिपोर्ट यस प्रकार छ।














