×
Lagani
Lagani Shiksha gif
९० करोडको आइपियो निस्कासन हुदै , कति दिने आवेदन



मध्य भोटेकोशीले आम सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने तयारी गरेको छ ।

कम्पनीले चुक्तापुँजीको १० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको ६० लाख रुपैयाँ कित्ता सेयर आयोजना प्रभावित जिल्लाका नागरिकका लागि निष्कासन गर्ने तयारी गरेर बिचैमा स्थगित भएपछी कम्पनीले चुक्तापुँजीको १५ प्रतिशत अर्थात् ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्ने तयारि गरिरहेको छ ।

Lagani Shiksha gif
sharehubapk ९० करोडको आइपियो निस्कासन हुदै , कति दिने आवेदन

जसमध्य ८१ लाख ९० हजार कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने छ । ९० लाख कित्ता मध्ये ३ लाख ६० हजार कित्ता अर्थात ४ प्रतिशत शेयर कम्पनीका कर्मचारीहरुलाई र ४ लाख ५० हजार कित्ता अर्थात ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।कम्पनिले सर्वसाधारणका लागि  साउन महिना सम्ममा आइपियो निस्कासन गर्ने तयारि गरिरहेको छ।

कम्पनीले स्थानीय बासिन्दाको लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता र सर्वसाधारणको को लागि ९० करोड रुपैयाँको ९० लाख कित्ता गरि कुल १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आइपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले ल्याउन अनुमति पाएको हो ।

यस यस आइपियोलाई आइपियोलाई केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ । मध्य भोटेकोशी जलविद्युत कम्पनीको को आइपियोको आइपियोको बिक्री प्रकन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।कम्पनीले नागरिक लगानी कोषसँग सेयर प्रत्याभूतिका लागि सम्झौता गरिसकेको छ।

कम्पनीले आइपियो निस्कासन गर्नको लागि अनुमति माग्दै २०७६/१०/७ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो।  अब कम्पनीले छिटै आइपियो निस्कासन गर्ने छ। आइपियोमा आवेदन दिने सक्रिय  लगानीकर्ता करिब १५ लाख रहेको र कम्पनीले निस्कासन गर्ने आइपियो १० कित्ताको दरले बाडफाड गर्दा १५ लाख लगानीकर्ताको हात खालि नहुने प्रारम्भिक अँनुमान गर्न सकिन्छ।  तर स्थानीयबासीको लागि निस्कासन हुने आइपियो भने १० कित्ता भन्दा बढी नै पर्ने र सर्बसाधरणको लागि निस्कासन हुने आइपियोमा धेरैको हात खालि नहुने देख्न सकिन्छ।

यसअघि कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता संस्थाका कर्मचारीका लागि एक अर्ब ४४ करोड रुपैयाँ बराबरको एक करोड ४४ लाख कित्ता सेयर निष्कासन गरी बाँडफाँटसमेत गरिसकेको छ। कम्पनीले १०२ मेगावाट क्षमताको जलविद्युत आयोजना सिन्धुपाल्चोक जिल्लामा निर्माण गरिरहेको छ।

कम्पनीले कर्मचारीहरुका लागि विक्री गरेको कुल कित्तामध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लागि १ करोड १७ लाख कित्ता, संस्थापक संगठित संस्था (चिलिमे जलविद्युत् कम्पनी, नेपाल विद्युत् प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेष्टमेण्ट कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी र सिन्धु भोटेकोशी हाइड्रोपावर) का कर्मचारीहरुका लागि २१ लाख कित्ता र ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि ६ लाख कित्ता आईपीओ बाँडफाँट गरेको हो ।

पहिलो चरणमा कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि २०७५ साल कात्तिक २८ गतेदेखि मंसिर १४ गतेसम्म र दोस्रो चरणमा बाँकी संस्थाका कर्मचारीका लागि २०७५ साल मंसिर १९ गतेदेखि २६ गतेसम्म आईपीओ जारी गरेको थियो ।

उक्त अवधिमा विक्री गरेको आईपीओ कम्पनीले २०७५ साल पुस ४ गते बाँडफाँट गरेको हो । जारी पूँजी रू. ६ अर्ब रहेको यस कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लागि १९ दशमलव ५ प्रतिशत, संस्थापक शेयरधनी कम्पनीका कर्मचारीहरुलाई ३ दशमलव ५ प्रतिशत र ऋणदाता संस्थाका कर्मचारीहरुलाई १ प्रतिशत शेयर विक्री गरेको हो ।

अब कम्पनीले आम सर्वसाधारणमा जारी पूँजीको २५ प्रतिशत शेयर जारी गर्नेछ । कर्मचारीमा आईपीओ जारी गरे पश्चात कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड पुगेको छ । सर्वसाधारणमा आईपीओ जारी गरे पश्चात कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ । यस कम्पनीमा संस्थापक शेयरधनीहरुको ५१ प्रतिशत शेयर स्वामित्व रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस