×
Lagani
Lagani Shiksha gif
ह्वात्तै बढ्यो सुनको भाउ, तोलाको कति ?



सुनको मूल्‍य तोलामा एकैदिन एक हजार एक सय रुपैयाँले बढेको छ । बिहीबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्‍य शुक्रबार ९१ हजार सात सय रुपैयाँ पुगेको छ ।

अन्तराष्ट्रिय बजारमा बढेको मूल्‍यका कारण नेपाली बजार पनि प्रभावित हुनु मूल्‍य बढ्नुको एक मात्र कारण रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Lagani Shiksha gif

शुक्रबार तेजाबी सुनको मूल्‍य ९१ हजार दुई सय रुपैयाँ तोकिएको छ । बिहीबार छापावल सुनको कारोबार मूल्य ९० हजार एक सय रुपैयाँ प्रतितोला थियो ।

यस्तै आज चाँदीको मूल्‍य पनि तोलामा १५ रुपैयाँ मात्रैले बढेको छ । हिजो १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्‍य आज १३३० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस