×
Lagani
Lagani Shiksha gif
बुधबार घट्यो सुनको भाउ, तोलाको कति ?



बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

मंगलबार प्रति तोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एक सय रुपैयाँले घट्दै ९० हजार ३०० रुपैयाँ कायम भएको हो ।

Lagani Shiksha gif

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रति तोला ९० हजार ३०० रुपैयाँ कायम भएको छ भने, तेजाबी सुनको मूल्य प्रति तोला ८९ हजार ८०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै यता बुधबार चाँदीको मूल्यमा समेत सामान्य गिरावट आएको छ । महासंघका अनुसार गत मंगलबारको तुलनामा चाँदी प्रति तोला ५ रुपैयाँले घट्दै बुधबार एक हजार ३२० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस