साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ४६ करोड ५३ लाख ३५ हजार खुद नाफा गरेको छ ।
गत वर्षभन्दा यस वर्ष कम्पनीको यो नाफा करीब ७ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ४३ करोड ५० लाख ९४ हजार मात्र खुद नाफा गरेको थियो ।
संस्थाले यस वर्ष रू. ४ करोड २२ लाख ३८ हजार खराब कर्जा उठाएको छ भने रू. ६९ करोड ५७ लाख ८७ हजार सञ्चालन नाफा गरेको छ ।कम्पनीले गत बर्षभन्दा साढे १ प्रतिशत बढी रू. २० अर्ब ९ करोड ४३ लाख १२ हजार कर्जा सापटी लिएको छ भने ६ प्रतिशत बढी रू. २३ अर्ब ५० करोड ५८ लाख ५२ हजार कर्जा प्रवाह गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २५ करोड १५ लाख ३० हजार रहेको छ भने जगेडा कोष रकम रू. २१ अर्ब ८० करोड ९० हजार छ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted











