×
Lagani
Lagani Shiksha gif
रुरुको आइपियो बाँडफाँट , यसरि हेर्नुहोस नतिजा।



रुरु जलविद्युत परियोजनाले  सर्बसाधारणलाई निष्काशन दोस्रो चरणको आईपिओ ( IPO ) आज बाँडफाँड  हुने भएको छ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार कम्पनीको आइपीओ आज  बिहान साढे ८ बजे एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँट हुने  भएको छ । ग्रोलाप्रथाबाट वितरण गर्दा ३७ हजार ९ सय १६ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् भने बाँकी ९८ प्रतिशत भन्दा धेरै अर्थात् १६ लाख ३१ हजार ६४९ जना भन्दा धेरै आवेदकको हात खाली हुनेछ ।

कम्पनीको आईपिओ बाँडफाँड भइसके पछि  डाटाहरु भेरिफाई गरि सिस्टममा अपलोड गर्न समय लाग्ने भएकाले लगानीकर्ताहरुले नतिजा हेर्नका लागि भने केहि समय पर्खनुपर्ने छ । रु रु जलुविद्युत परियोजनाको आइपीओमा २ करोड ३३ लाख ७७ हजार २२० कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार अन्तिम दिन मंगलबारसम्ममा १६ लाख ६९ हजार ५६६ जनाले आवेदन दिएका थिय जुन माग भन्दा करिब ६२ गुणा बढी हो।

रु रु जलुविद्युत परियोजनाले चैत २० गतेदेखि प्रिमियम मूल्यमा आइपीओ जारी गरेको हो । यसले १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर आइपीओ निष्कासन गरेको थियो । कम्पनीले १२० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएर बाँकी ३ लाख ७९ हजार १६७ कित्ता लागि सर्वसाधारणलाई छुट्टाइएको थियो।

 कसरी हेर्ने नतिजा ?

विगतका आईपीओहरुको नतिजा सजिलै हेर्न पाइन्थ्यो । विभिन्न अनलाईन पोर्टलहरुले नतिजा प्रदान गर्ने गरेका थिए । तर  महिला लघुवित्तको आईपीओदेखि सिडीएससीले चार ठाँउबाट मात्र नतिजा हेर्न पाइने व्यवस्था गरेको छ ।

सर्वसाधारणले मेराे शेयर , सिडीएससीकाे नयाँ वेबसाइट,  कम्पनीकाे वेबसाइट र  बिक्री प्रबन्धककाे वेबसाइटमा नतिजा हेर्न सक्नेछन्। नतिजा हेर्नको निम्ती केही समय भने कुर्नुपर्ने भएको छ । बिक्री प्रबन्धकले आईपीओ वितरण सम्बन्धी आवश्यक प्रक्रिया पूरा गरेपछि यी चार माध्यमबाट नतिजा हेर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Bijay
Guest
Bijay
May 1, 2023 10:50 am

IPO Badfad Lai Alik Xito Gare Ramro Hune



ताजा समाचार
लोकप्रिय
सिफारिस