×
Lagani
Lagani Shiksha gif
स्वास्थ्य मन्त्रालय चितवनसहित १४ जिल्लाका शिक्षण संस्था बन्द गर्न गर्यो सिफारिस



स्वास्थ्य मन्त्रालयले चितवन सहित १४ जिल्लाका विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।

मन्त्रालयले आज जारी गरेको अत्यन्त जरुरि अपिलमा चितवनसहित काठमाडौँ, रुपन्देही, कास्की, भक्तपुर, कैलाली, मोरङ, दाङसहितका १४ जिल्लाका शिक्षण संस्था बन्द गर्न सिफारिस गरेको छ ।

Lagani Shiksha gif
sharehubapk स्वास्थ्य मन्त्रालय चितवनसहित १४ जिल्लाका शिक्षण संस्था बन्द गर्न गर्यो सिफारिस

अपिलमा मन्त्रालयले सबै १४ जिल्लामा रेष्टुरेन्ट, क्लबहरु, जात्रा, पर्व, नाँचघर, पार्टी प्यालेसलगायत सबै भीडभाड हुने स्थानमा नगएर स्वास्थ्य मापदण्ड कडारुपमा पालन गर्न सबैमा अपिल गरेको छ । कोभिडको संक्रमणबाट जोगिन संवेदनशिल बनेर जनस्वास्थ्यका मापदण्ड पालन गर्न गराउन मन्त्रालयको अपिल छ ।

सरकारी तथ्याङ्क अनुसार बुधबार २४ घण्टामा ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये २५४ जना मात्र काठमाडौँ उपत्यका छन् । कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। यसअघि गत चैत्र १४ गते संक्रमितको संख्या घटेर ४८ मा झरेको थियो। कोरोनाका दोस्रो लहर सुरु भएपछि विज्ञहरु पनि चिन्तित छन् ।

महाराजगञ्जस्थित कान्ति बाल अस्पतालका निर्देशक एवम् बालरोग विशृेषज्ञ डा. आरपी विच्छाले हाल धेरै बालबालिका प्रभावित हुन थालेको बताए । त्यसका लागि तत्काल स्कूल बन्द गर्नुपर्ने उनको सुझाव छ । तर स्कूल र अभिभावक मिलेर अनलाइन कक्षा प्रभावकारी नबनाएमा पुनः बालबालिकामा अन्य किसिमका समस्याहरु देखिन सक्नेमा पनि विज्ञहरु उत्तिकै चिन्तित छन् ।

swasthya mantralaya 1 स्वास्थ्य मन्त्रालय चितवनसहित १४ जिल्लाका शिक्षण संस्था बन्द गर्न गर्यो सिफारिस

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस