×
Lagani
Lagani Shiksha gif
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आईपीओ जारी गर्ने



जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधरणको निम्ती प्राथमिक शेयर अर्थात आईपीओ जारी गर्ने भएकोे छ ।

संस्थाको पोखरामा सम्पन्न भएको दोस्रो साधारणसभाले उक्त निर्णय पारित गरेको हो ।संचालक समितिका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा पोखरामा सम्पन्न भएको उक्त साधारण सभामा शेयरसदस्य, संचालक समिति सदस्य तथा अन्य व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

उक्त सभा संस्थामा अध्यक्ष श्रेष्ठले आ.ब.२०७६।०७७ को बार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो ।पोखरा कास्की मा केन्द्रिय कार्यालय रहेको जाल्पा लघुवित्त वित्तीय संस्था लि. तथा दाङ जिल्लामा केन्द्रिय कार्यालय रहेको महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लि. एक आपसमा मर्ज भई २०७७ मंसीर १६ गते बाट जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को नाम बाट एकिृकत कारोबारको शुभारम्भ गरेको थियो ।

हाल वित्तीय संस्थाले प्रदेश नं. ३, ४, ५, ६ र ७ मा रहेका ७४ वटा शाखाहरु बाट ८४ हजार सदस्यहरु बाट २ अर्व ६ करोड वचत संकलन गरी ३ अर्व ८४ करोड लगानी गर्न सफल रहेको छ ।

सम्पन्न दोस्रो साधारण सभा बाट अर्जुन कुमार श्रेष्ठ, बिर बहादुर अधिकारी, गीता कुमारी योगी गिरी तथा शुष्मा गौतमलाई संचालक समितिको सदस्यको पदमा सर्वसम्मत चयन गर्नुको साथै ५ लाख २२ हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुको लागी निस्कासन गर्ने प्रस्ताव सर्वसहमतीले पारीत गरेको छ ।

मर्जर पश्चात बनेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को अधिकृत पुँजी रु २५ करोड रहेको छ साथै जारी पूँजी रु १६ करोड र चुक्ता पूँजी रु १० करोड ७८ लाख रुपैया रहेको छ ।वित्तीय संस्थाले आर्थि वर्ष २०८१/२०८२ को अन्त सम्म राष्ट्रिय स्तरको वित्तीय संस्था भई नेपालका ६० जिल्लामा १५५ वटा शाखा कार्यालयहरु स्थापना गरी १,९५,००० जना सदस्य आवद्ध गराउने लक्ष्य लिएको छ ।

संस्थाले ग्रामीण एंव शहरी क्षेत्रमा बसोबास गर्ने विपन्न तथा न्युन आय भएका समुदायका व्यक्तिहरुलाई वित्तीय सेवामा पहुँच अभिवृद्धि गराई, स्वरोजगार सृजना गर्दै सम्मृद्ध समाज निमार्ण गर्ने लक्ष्य लिएको छ ।

जाल्पा सामुदायिक

संस्थाको पोखरामा सम्पन्न भएको दोस्रो साधारणसभा

संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव अशोक कुमार आर्चायले संचालन गर्नु भएको उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत बिमला योगीले उपस्थित शेयर सदस्यहरुलाई स्वागत गर्नु भएको थियो ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस