×
Lagani
Lagani Shiksha gif
खुशीको खबर : १ अर्ब ५ करोड बराबरको आइपियो निस्कासन हुदै , कहिले होला त निस्कासन ?



साहस उर्जाले प्रभावित र सर्वसाधारणका लागि आइपियो निस्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।

कम्पनी प्रभावित र सर्वसाधारणलाई गरेर १ अर्ब ५ करोड रुपैयाँको प्राथमिक सेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने धितोपत्र प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ ।

कम्पनीले सोलु खोला (दुधकोशी) जलविद्युत आयोजना ८६ मेगावाटको निमार्ण गरिरहेको छ । परियोजनको काम ५७ प्रतिशत भन्दा बढी सम्पन्न भएको कम्पनीले जनाएको छ ।सेबोनको पाइपलाइनमा रहेको यो कम्पनीको छिटै निस्कासन हुने संकेत देखिन्छ। सो कम्पनीले ८६ मेगावाटको सोलुखोला (दुधकोशी) जलविद्युत् आयोजना निर्माणमा लगानी जुटाउन आईपीओ निष्कासन गर्न लागेको हो ।सो आयोजनाको लागत ११ अर्ब ८६ करोड रुपैयाँ अनुमान गरिएको छ ।

कम्पनीले इक्रा नेपालबाट बी प्लस आईपीओ रेटिङ पाएको छ । यो रेटिङलाई औसत मानिन्छ । अहिले आयोजनाको भौतिक प्रगति ५७ प्रतिशत रहेको कम्पनीले जनाएको छ । भौतिक प्रगति ५० प्रतिशत पूरा भएपछि मात्रै आईपीओ निष्कासन गर्न पाइने व्यवस्था अनुसार यो प्रगति हासिल भएपछि कम्पनी आईपीओ प्रक्रियामा अघि बढेको हो ।

कम्पनीले सर्बसाधारणलाइ प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्नको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड ( सेबोन ) मा निवेदन पेस गरेको छ। नेपाल धितोपत्र बोर्ड ( सेबोन ) ले अनुमति दिए लगतै सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने कम्पनीको तयारि रहेको छ। नेपाल धितोपत्र बोर्ड ( सेबोन )ले पाइपलाइनमा रहेका सबै कम्पनीलाई एक एक गरि सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने अनुमति दिदै आएको छ।

यो पनि पढ्नुहोस :

चितवन, चैत-२८। चर्चित भिडियो शेयरिङ एप टिकटकको ठाउँ लिदै नेपालमा ‘थोप्ला'( Thopla) संचालनमा आउने भएको छ।एलको(Yelko) कम्पनीले नेपालमा आफ्नै टिकटक अर्थात् ‘थोप्ला’ नामक भिडियो शेयरिङ एप संचालनमा ल्याउने भएको हो। कम्पनीका प्रबन्ध निर्देशक उज्जवल खनालका अनुसार नव वर्ष २०७८ लाई लक्षित गरेर ‘थोप्ला’ सार्वजनिक गरिने योजना रहेको छ।

हाल भने उक्त एपको वेव वर्सन मात्र उपलब्ध रहेको छ।  वेब भर्सनमा तपाइले आआफ्नो खाता खोल्न सक्नु हुने छ र अरुलाई फलो गर्न सक्नुहुने छ।  रजिस्टर गर्नको लागि यहाँ क्लिक गर्नुहोला।यस एपमा १५ सेकेन्ड देखि १ मिनेट सम्मको भिडियो अपलोड गर्न मिल्ने छ। कम्पनीका अनुसार पर्योगकर्ताको डाटा सुरक्षा र पर्योगकर्तालाई सहजताका साथ् मनोरञ्जन प्रदान गर्ने विषयमा विशेष ध्यान दिइएको छ।

पछिल्लो समय युवा पुस्तामा मात्र नभइ हरेक उमेरका व्यक्तिमा देखिएको लोकप्रियतालाई मध्यनजर गर्दै नेपालमा आफ्नै टिकटक सरह एप निर्माण गरिएको खनालले बताए। उनि भन्छन नेपाललाई अन्तराष्ट्रिय बजारमा चिनाउने र प्राविधिक क्षेत्रमा अगाडी बढाउने लक्ष्यका साथ् एलको कम्पनीले विभिन्न प्रोजेक्ट गरिरहेको छ र त्यस मध्यको ‘थोप्ला’ एक हो जस बाट रचनात्मकता र प्रतिभा भएका व्यक्तिहरुलाई जोडन सकिने छ।

थोप्ला निर्माणको सबै प्राविधिक काम सकिएको र सहि समय अनुकुल हेरेर बजारमा ल्याउन कम्पनि तम तयार रहेको खनालले बताएका छन। साथै अन्य धेरै विशेषता टिकटक संग मेल खाने भएता पनि आगामी दिनमा अझै प्रभावकारी बनाउने कम्पनीको योजना रहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस