×
Lagani
Lagani Shiksha gif
लगानीको अवसर : ३३ करोडको आइपियो निस्कासन गर्दै अपर सोलु



अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आइपीओ बिक्री गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीयका र सर्वसाधारणलाई गरी कुल ३३ लाख ७ हजार ५०० कित्ता आइपीओ बिक्री गर्नगर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीको आइपीओमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

Lagani Shiksha gif
sharehubapk लगानीको अवसर : ३३ करोडको आइपियो निस्कासन गर्दै अपर सोलु

Screenshot 2021 04 07 161121 लगानीको अवसर : ३३ करोडको आइपियो निस्कासन गर्दै अपर सोलु

यो पनि पढ्नुहोस :

हिजो नेप्सेमा सुचिकृत भए पछि आज ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ।
आज कम्पनीको स्पेशल प्रि ओपन सेसनमा प्रति कित्ता ३६० काे दरले ९० कित्ता शेयर किनबेच भएकाे थियो  । समाचार तयार पर्दा सम्ममा कम्पनीको  २६०  कित्ता शेयर किनबेच भएकाे छ।  कम्पनीको शेयर खरिद गर्नको लागि करिब २९  लाख कित्ताको माग आएको छ  भने बिक्रि गर्ने कोहि पनि छैनन्।  आज ३६० बाट कारोबार सुरु भएको ज्योति लाइफको  ७.७८ प्रतिसत आर्थत २८ अंकले बढेर हाल ३८८ मा कारोबार भइरहेको   छ।

केहि दिनसम्म कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्ने देखिन्छ  कम्पनीको शेयर मूल्य छिटै नै ७-८ सय माथि पुग्ने केहि जानकारहरु बताउछन।  त्यसैले लगानीकर्ताले जति होल्ड गर्न सक्यो उति  फाइदा हुने छ।

ज्योति लाइफकोकम्पनीको आईपीओमा हालसम्मकै धेरै मानिसहरुले आवेदन दिएका थिए ।क्यापिटलका अनुसार इन्स्योरेन्सको आइपिओमा १८ लाख चार हजार ६४८ जनाको आवेदन परेको थियो । आइपिओ खरीदका लागि तीन करोड ८० लाख ५७ हजार ७१० कित्ता बराबरको आवेदन हो ।बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज ज्योति लाइफ इन्सुरेन्सको आइपिओ बाँडफाँट गरेको हो । गत फागुन २१ गतेदेखि कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आइपिओमा १८ लाख ४२ हजार ४८० आवेदकले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ४४ हजार ६४५ को आवेदन रद्द भएको छ ।

योग्य कायम भएका १७ लाख ९७ हजार ८३५ आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँट भएको छ । योग्य आवेदकमध्ये गोलाप्रथाबाट पाँच लाख ९४ हजार लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएको एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) श्रीजेश घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार आवेदन दिएकामध्ये १२ लाख ४८ हजार आवेदकको हात खाली भएको छ ।

कम्पनीले १०० अङ्कित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्कासन गरेको हो । जसमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको थियो भने तीन लाख ३३ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरिएको थियो ।

यस्तैगरी, बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था थियो । आइपिओ बिक्री तथा वितरणपश्चात् कम्पनीको चुक्ता पूँजी दुई अर्ब २० करोड पुग्नेछ । फागुन २४ गते महिला दिवस र २२ गते शनिबारको सार्वजनिक बिदा परेकाले कम्पनीको आइपिओ कूल ६ दिन बिक्री खुला रहेको थियो ।

आइपिओमा आवेदन सर्वसाधारणलाई निष्काशनमा ल्याइएको ५९ लाख ४० हजार कित्ताको ६.४० गुणा बढी हो ।  जस मध्ये १७ लाख ९७ हजार ८ सय ३५ जना मात्र  योग्य आवेदक कायम भएको क्यापिटलले जनाएको छ ।  यस्तै ४४ हजार ६ सय ४५ जना आवेदक अयोग्य भएका छन् ।

धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले शेयर वितरण गर्दा ५ लाख ९४ हजार जनाले शेयर पाएका छन्। बाँकी १२ लाख भन्दा धेरैको हात खाली हुने भएको थियो । यस कम्पनीलाई केयर नेपालले एनपी ‘बीबीबी’ रेटिङ प्रदान गरेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस