नारायणी डेभलपमेण्ट बैंक लिमिटेडले संस्थापक तथा सर्वसाधारण समूहको अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गरेको शेयरको बाँडफाँट सम्पन्न भएको छ।
बैंकले आज अवितरित हकप्रद शेयरको बाँडफाँट सम्पन्न गरेको जानकारी दिएको हो। नारायणी डेभलपमेण्ट बैंक लिमिटेडको “संस्थापक” समूहको १५,९७४ कित्ता तथा “सर्वसाधारण” समूहको ६,५८३ कित्ता शेयरहरु मिति २०७७/१२,०३ गतेदेखि २०७७/१२/१० गतेसम्म शिलबन्दी बोलपत्रद्वारा खरीद गर्न आव्हान गरिएकोमा सो अवधिभित्र प्राप्त बोलपत्रहरु मिति २०७७/१२/२० गतेका दिन ग्लोबल आइएमई म्यापीटल लिमिटेडको facebook live मार्फत खोली मिति २०७७ /१२/२४ गतेका दिन निष्काशनकर्ता कम्पनीको संचालक समितिले बाँडफाँट गरिएको बैंकले जानकारी दिएको हो।
बोलपत्रवालाहरुको बाँडफाँटमा नपरेको शेयर वापतको रकम फिर्ता भुक्तानी मिति २०७७/१२/२४ मते बुधबारदेखि बोलपत्रबालाले आफनो बोलपत्र फाराममा उल्लेख गरेको बैंक वित्तीय संस्था (NCHL . को IPS मा आबद्ध बैंक वित्तीय संस्था) को खातामा रकमान्तर गरिएको जानेको छ।
साथै बोलपत्र फाराममा बैंक खाता उल्लेख नगरेका र बैंक खाता रुजु नभएका बोलपत्रवालाहरुको सूचि बिक्री प्रबन्धकको वेबसाईडमा राखिएको हुँदा उक्त सूचि हेर्न सकिने छ । लगानीकर्ताले कम्पनीको ईमल [email protected] मार्फत तथा बिक्री प्रबन्धकको कार्यालयमा स्वयं उपस्थित भई बैंक खाता अद्यावधिक गर्न सक्ने छन् ।नारायणी डेभलपमेण्ट बैंकको हकप्रद शेयरको नतिजा हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोला https://www.globalimecapital.com/menu/right-share-allotment
नारायणी डेभलपमेण्ट बैंकले शेयरको बाँडफाँट सम्बन्धि प्रकासन गरेको सुचना यस प्राकार छ ;
यो पनि पढ्नुहोस :
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै सर्वाधिक उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.७२ अङ्कले बढेर दुई हजार ६७४.४६ मा पुगेको छ ।यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३४ बिन्दुले बढेर ४७६.१८ मा पुगेको छ ।
कूल २१३ कम्पनीको एक करोड ६१ लाख आठ हजार ४९९ कित्ता शेयर रु सात अर्ब ४७ करोड ७७ लाख ९५ हजार ७३८ मूल्यमा खरिद बिक्री भए ।मङ्गलबारको कारोवारपछि बजार पूँजीकरण झण्डै रु ३७ खर्बको नजिक पुगेको छ । नेप्सेका अनुसार रु ३६ खर्ब ९४ अर्ब ४२ करोड ७९ लाख ३० हजार हाराहारीमा बजार पूँजीकरण पुगेको छ ।
कारोवार भएका कूल १३ उपसमूहमध्ये आज छ उपसमूहको शेयर ओरालो लाग्दा सात उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ०.५९, व्यापार ४३२.२५, वित्त ३.३६, निर्जीवन बीमा २८७.७६, अन्य ३.९, जीवन बीमा १९१.४२ अङ्कले ओरालो लागेको छ । होटल तथा पर्यटन २०५.७९, विकास बैंक २९.९७, जलविद्युत् ११४.०५, उत्पादन १८३.९१, लघुवित्त ६४.१९, सामूहिक लगानी कोष ०.०२ र लगानी २.७२ बिन्दुले उकालो लागेको छ ।
कारोवारका आधारमा आज नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३९ करोड ८० लाख ५७ हजार २३६ बराबरको कारोवार भयो । यस्तै चिलिमे जलविद्युत् कम्पनी रु ३१ करोड १० लाख ६३ हजार ९५५, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु २९ करोड २० लाख ६० हजार ८३, हिमालयन डिस्टिलरी रु २२ करोड १८ लाख ३७ हजार ६४३, हिमालयन जनरल इन्स्योरेन्स रु २१ करोड २८ लाख ६१ हजार ८४२, नेपाल बैंक रु १७ करोड ६८ लाख ९५ हजार ८९०, अजोड इन्स्योरेन्स कम्पनी रु १६ करोड ६१ लाख ३७ हजार ४८६, बुटवल पावर कम्पनी रु १६ करोड दुई लाख ७३ हजार ७६७, नेपाल दूरसञ्चार कम्पनी रु १५ करोड २९ लाख ९९ हजार ९३ र रसुवागढी हाइड्रोपावर रु १४ करोड ७८ लाख ७२ हजार बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
यस्तै कारोवारका आधारमा चिलिमे जलविद्युत् कम्पनी, युनिभर्सल पावर युनाइटेड इदी मर्दी हाइड्रोपावर र चन्द्रागिरि हिल्सको शेयरमा आज सकारात्मक सर्किट लाग्यो । ती कम्पनीका लगानीकर्ताले समान १० प्रतिशतले कमाए । यसैगरी बोमी माइक्रोफाइनान्स ९.९५, एनआइसि एशिया लघुवित्त ९.९३, महिला लघुवित्त ९.९३, साञ्जेन जलविद्युत् कम्पनी ९.८९, शिवश्री हाइड्रोपावर ९.८१ र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ९.८७ प्रतिशतले आर्जन गरे ।
यसैगरी साल्ट टे«डिङ कर्पोरेशनको शेयरमा नकारात्मक सर्किट लाग्यो । सो कम्पनीका लगानीकर्ताले १० प्रतिशतले गुमाउँदा सानिमा जनरल इन्स्योरेन्स ८.७८, अजोड इन्स्योरेन्स ८.७२, युनाइटेड फाइनान्स ५.९६, जनरल इन्स्योरेन्स ५.१३, आइएमई जनरल इन्स्योरेन्स ४.३९, श्री इन्भेस्टमेन्ट ३.०९, प्रुडेन्सियल इन्स्योरेन्स २.९९, युनाइटेड इन्स्योरेन्स २.९४ र लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले २.९१ प्रतिशतले गुमाए ।














