×
Lagani
Lagani Shiksha gif
आज बेलुका ८ बजेदेखि मेरो शेयर नचल्ने , किन ?



आज बेलुका ८ बजे देखि मेरोशेयर नचल्ने भएको छ।

सिडिएससिको जानकारी अनुसार मेरो शेयरमा देखिएकोले समस्या सामाधान गर्नको लागि थप सर्भरहरु जडान गर्नुपर्ने भएकोले सो सर्भर जडान गरी डाटा माइग्रेसन गर्न केहि समय लाग्ने भएकोले सो समयमा मेरो शेयरको सेवा अवरुद्ध हुने भएकोछ ।

Lagani Shiksha gif

उक्त कार्यको कारणले चैत १६ गते गतेको कारोबारको इडिआइएस को समय समेत थप भएको छ। सोमबार बेचेको शेयरको इडिआइएस गर्ने समय चैत १८ गते विहान १० बजेसम्म थपिएको सिडिएससिले जानकारी दिएको छ।

सिडिएससिले प्रकासन गरेको सुचना यस प्रकार छ।

cdscedis आज बेलुका ८ बजेदेखि मेरो शेयर नचल्ने , किन ?

सिडिएससिले प्रकासन गरेको सुचना

यो पनि पढ्नुहोस।

सिंगटी हाइड्रो इनर्जीको आइपीओ बाँडफाँट यसै साताभित्र हुनसक्ने सम्भावना रहेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जानकारी गराएको छ ।मेगा क्यापिटलका अनुसार आवेदन रुजु गर्ने काम अझै बाँकी रहेका कारण मिति टुंगो लाग्न भने सकेको छैन । रुजुको काम सकिएमा यसै साता बाँडफाँट हुने र नसकिएमा अर्को साता लाग्ने बिक्री प्रबन्धले जनाएको छ ।सिंगटी हाइड्रोलाई नेपाल धितोपत्र बोर्डले ४३ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने अनुमति दिएको थियो ।

बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार कम्पनीको उक्त साधारण शेयरमा अन्तिम दिन मंगलबार साँझ ५ बजेसम्म १६ लाख २४ हजार ९३८ जनाले २ करोड ४५ लाख २२ हजार ७७० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारका लागि बिक्री खुला गरिएको भन्दा ९.२९ गुणा बढी आवेदन हो ।

सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले चैत ६ ( सुक्रबार ) गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (IPO ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका पुस २१ गते, मंगलबार अनुमति प्रदान गरेकाे थियाे । सिंगटी हाइड्रो इनर्जी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले ४३ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति दिएको थियो ।

सिंगटी हाइड्रो इनर्जी कम्पनीले आयोजना प्रभावित स्थानीयहरूका लागि जारी गरेको प्राथमिक शेयर बाँडफाँडमा १० देखि ४९० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै शेयर बाँडफाँड गरिएको थियो भने ५०० कित्ता भन्दा बढी माग गर्नेलाइ गोलाप्रथाबाट २९९ जनालाई थप १० कित्ता शेयर बाँडफाँड गरिएको थियो ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सिंगटी हाइड्रोको शेयरलाई ग्रेड ४ रेटिङ दिएको छ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल लिमिटेले गरेको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस