सरकारले वायु प्रदूषण बढेका कारण चार दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री श्रेष्ठले मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी गराउनुभएको थियो ।
बढ्दो प्रदूषणका कारण विद्यार्थीलाई थप जोखिम रहेको भन्दै शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय भएकाे शिक्षा सचिवकाे सचिवालयले जानकारी दिएकाे छ।
परीक्षाहरु भने सुरक्षाा मापदण्ड अपनाएर सञ्चालन गर्न पाइने छन्।
अब आगामी आइतबार (चैत २२ गते )मात्रै शैक्षिक संस्था सञ्चालन हुने छन् ।
जल तथा मौसमविद्का अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको छ र, हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको छ । यसका साथै डढेलोका घटना बढेकाले वायु प्रदूषित भएको छ ।













