×
आज बेलुकी हुँदैछ कम्पनीहरुको अन डिमाण्ड प्राविधिक विश्लेषणको निःशुल्क कक्षा



नेपाली पैसाले सेयर बजार सम्बन्धी बेसिक, आधारभूत, प्राविधिक विश्लेषण तथा कम जोखिममा बढी प्रतिफल लिन सिकाउने हाइब्रिड लगानी जस्ता विभिन्न सशुल्क तालिमहरु सञ्चालन गर्दै आएको छ ।

यसैक्रममा यसअघि तालिम लिइसकेका तथा कारोबार गरिरहेकाहरुका लागि प्राविधिक विश्लेषण गरेर किनबेच गर्न एवं आगामी हप्ताको बजार तथा केही सम्भाव्य कम्पनीहरुको चाल बुझ्न सिकाउने निःशुल्क कक्षा पनि सञ्चालन गर्दैछ ।

यस्तो निःशुल्क कक्षा आज शनिबार २०७७ चैत १४ गते बेलुकी ७ बजेदेखि अनलाइन माध्यमबाट चल्नेछ । 

अहिलेसम्मको बजार चाल हेरी आगामी हप्ता कुन–कुन कम्पनीका सेयरहरुको चाल वा अवस्था के–कस्तो रहला भन्ने विश्लेषण गरिने छ । तर यो विश्लेषण कक्षामा भने धेरै जना लगानीकर्ताहरुकै रोजाइमा परेका मुख्य कम्पनीहरुको मात्र विश्लेषण गरिनेछ ।

छोटो समयका लागि कारोबार गरिरहेका लागि सेयर बजारको गत हप्तासम्मको बजारको चाल तथा आफूले कारोबार गर्न चाहेका कम्पनीहरुको बारेमा प्राविधिक विश्लेषण गरी खरीदबिकीको निर्णय लिन सक्नुपर्ने हुन्छ । यो सत्रमा दोस्रो बजारमा विश्लेषण गरी कारोबार गरिरहेका तथा छोटो समयका लागि नाफा कमाउन चाहने कारोबारी व्यक्तिहरुले सहभातिता जनाउँदा फाइदामूलक हुनेछ ।

यो कक्षा नेपाली पैसाका अनुभवी सेयर बजार प्रशिक्षक डा. केशव श्रेष्ठले लिनेछन् । यसका लागि आज शनिबार बेलुकी ७ बजे तल दिइएको जूम लिंक कपि पेष्ट गरी इन्ट्री गर्न सकिनेछ ।

यो पनि पढ्नुहोस :

रुरु जलविद्युत परियोजनाले चैत्र २० गतेदेखि सर्बसाधारणलाई दोस्रो चरणको आईपिओ निष्काशन गर्ने भएको छ ।कम्पनीले निस्कासन गर्ने कुल ४ लाख ७ हजार ७ सय ६ कित्ता ८ हजार १ सय ५४ कित्ता कम्पनीका कर्मचारीलाई, र २० हजार ३ सय ८५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको छ । बाँकि रहेको ३ लाख ७९ हजार १ सय ६७ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।Screenshot 2021 03 27 080254 आज बेलुकी हुँदैछ कम्पनीहरुको अन डिमाण्ड प्राविधिक विश्लेषणको निःशुल्क कक्षा

कम्पनीले अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १२० रुपैयाँमा यी शेयर बिक्रि गर्ने भएको छ  । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्ढाहरूको लागि निष्काशन गरिएको साधारण शैयरको बाँडफाँड तथा फिर्ता भुक्तानी गरिसकेको छ।Screenshot 2021 03 27 080321 आज बेलुकी हुँदैछ कम्पनीहरुको अन डिमाण्ड प्राविधिक विश्लेषणको निःशुल्क कक्षा

आयोजनाबाट प्राप्त हुने आयमा १० बर्ष (आ.व. २०८१/२०८२ सालसम्म) आयकर छुट तथा सो पश्चात्‌ ५ वर्षको लागि ५० प्रतिशत आयकर छुट प्राप्त भएको हुँदा लाभांश दर बढी रहेको कम्पनीले जनाएको छ । कम्पनीसंग दक्ष युवा जनशक्ति रहेकोले यो कम्पनी नेपालमा जलविद्युत आयोजनाको विकास र मिर्माणको काममा सफल साथै जलविद्युतको क्षेत्रमा अध्ययन अनुसन्धान तथा विकास कार्यमा योजनाबद्ध ढंगले समर्पित भएर काम गरिरहेको यस कम्पनीको भविष्य उज्ज्वल रहेको कम्पनीले जनाएको हो।

Screenshot 2021 03 27 080404 आज बेलुकी हुँदैछ कम्पनीहरुको अन डिमाण्ड प्राविधिक विश्लेषणको निःशुल्क कक्षा

रू रू जलविद्युत परियोजना लिमिटेडको आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका स्थानीय बासिन्दाहरूलाई रू.१००|- अंकित दरका ४,०७,७०५ कित्ता साधारण शेयरहरू एनएमबि क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा मिति २०७७/११/०७ गतेदेखि मिति २०७७/११/२१ गतेसम्म बिक्री खुल्ला गरिएकोमा सो अवधी भित्र रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई बाँडफाँड सम्बन्धी प्रचलित कानून बमोजिम उक्त कम्पनीको ४,०७,७०५ कित्ता साधारण शेयरहरू मिति २०७७/१२/९ गते सोमबार बाँडफाँड गरेको छ ।

Screenshot 2021 03 27 080928 आज बेलुकी हुँदैछ कम्पनीहरुको अन डिमाण्ड प्राविधिक विश्लेषणको निःशुल्क कक्षा

कम्पनीको आईपीओलाई इक्रा नेपालले ग्रेड–३ रेटिङ प्रदान गरेको छ ।कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस