×
Lagani
Lagani Shiksha gif
होस्टिङको पैसा नतिर्दा आईपीओ रिजल्ट हेर्ने वेवसाइटनै बन्द



आज ज्योति लाइफ इन्स्याेरेन्स लिमिटेडको शेयर बाँडफाड भएको छ ।

यतिबेला शेयर लगानीकर्ता आफूलाई शेयर पर्‍यो, परेन भनेर हेर्ने प्रयास गरिरहेका छन् । तर, सजिलै नतिजा हेर्न पाइरहेका छैनन् ।Screenshot 2021 03 26 175206 होस्टिङको पैसा नतिर्दा आईपीओ रिजल्ट हेर्ने वेवसाइटनै बन्द

सीडीएसले शेयरको नतिजा हेर्न बनाएको वेबसाइटमा पनि हालसम्म कुनै डेटा उपलब्ध छैन । मेरो शेयर अकाउन्टबाट आईपीओको नतिजा हेर्न सकिने भएता पनि प्रयोगकर्ता धेरै हुँदा याे वेबसाइट पनि राम्राेसँग चलेकाे छैन ।Screenshot 2021 03 26 175123 होस्टिङको पैसा नतिर्दा आईपीओ रिजल्ट हेर्ने वेवसाइटनै बन्द

यस्तोमा लगानीकर्ताले कम्पनीको बिक्री प्रबन्धकको रुपमा रहेको एनएमबी क्यापिटलको वेबसाइटमार्फत पनि शेयरको रिजल्ट हेर्ने प्रयास गरिरहेका छन् ।nmb 768x278 1 होस्टिङको पैसा नतिर्दा आईपीओ रिजल्ट हेर्ने वेवसाइटनै बन्द

तर, एनएमबी क्यापिटलको वेबसाइट नै बन्द छ । वेब होस्टिङ कम्पनीलाई समयमा पैसा नतिर्दा एनएमबीको वेबसाइट बन्द भएको स्राेतले उल्लेख गरेकाे छ ।

कम्पनीको वेबसाइट खोल्दा केही बेरअघिसम्म पनि ‘दिस अकाउण्ट ह्याज बिन सस्पेन्डेड’ भन्ने म्यासेज स्क्रिनमा देखिएको छ ।

यस्तो म्यासेज कस्तो अवस्थामा देखाउँछ भन्ने प्रश्नमा एक विज्ञले भने, ‘वेबसाइट होस्ट गर्ने कम्पनीलाई पैसा नतिरेको अथवा डोमेन नेम रिन्यू नगरेको अवस्थामा वेबसाइट सस्पेन्ड हुनसक्छ ।’
टेकपाना बाट साभार

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस