ज्योति लाइफ इन्स्योरेन्सले निस्कासन गरेको आइपियोको बाडफाड आज हुदै छ।
आज आइपियो बाडफाड भएपछी तपाइले आफ्नो नतिजा मेरो शेयर साथै एन एम बि क्यपितलाको वेवबाट हेर्न सक्नु हुने छ। तपाइले नतिजा बिक्रि प्रबन्धकको वेब nmbcl.com.np/shareallotment साथै मेरो शेयरको सब डोमेन iporesult.cdsc.com.np बाट हेर्न सक्नु हुने छ। ज्योति लाइफ इन्स्योरेन्सको आइपिओमा आवेदनको रेकर्ड ब्रेक भएको थियो । इन्स्योरेन्सको निस्कासन तथा बिक्रि प्रबन्धक एनएमबी क्यापिटलका अनुसार इन्स्योरेन्सको आइपिओमा १८ लाख चार हजार ६४८ जनाको आवेदन परेको छ ।
आइपिओ खरीदका लागि तीन करोड ८० लाख ५७ हजार ७१० कित्ता बराबरको आवेदन परेको छ ।आवेदन दिनेमध्ये ३२. १६ प्रतिसत लगानीकर्तालाई गोलाप्रथा बाट १० कित्ता आइपियो बितावरण गरिने छ भने करिब १२ लाख लगानीकर्ताको हात खालि रहने छ।
आइपिओमा आवेदन सर्वसाधारणलाई निष्काशनमा ल्याइएको ५९ लाख ४० हजार कित्ताको हिसाबमा ६.४० गुणा बढी परेको छ । कम्पनीले यही फागुन २१ गते देखि कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् रु ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।कम्पनीले निष्कासन गरेको शेयरमा करिब ६.४० गुणा बढी हो। १८ लाख ४ हजार ६४८ जना आवेदकबाट ३ करोड ८० लाख ५७ हजार ७१० कित्ता आइपिओ खरिदको लागि आवेदन परेको क्यापिटलले जनाएको छ।
त्यसमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता कर्मचारी र अर्को पाँच प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता सामूहिक लागनी कोषलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणका लागि निष्काशनमा ल्याएको थियो ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर १९ गते, शुक्रबार सेबाेनमा निवेदन पेश गरेकाेमा धितोपत्र बोर्डले फागुन ७ गते, शुक्रबार आइपिओ निष्कासन गर्ने अनुमति प्रदान गरेकाे थियाे ।
हाल कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ आइपिओ निष्कासनपश्चात कम्पनीकाे पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ











